कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व ‘पुषे पन्ध्र’ को अवसर पारेर कञ्चनपुरको महेन्द्रनगरमा विशेष ‘ककालु काव्यसभा’ आयोजना हुने भएको छ।सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो।
यस काव्यसभाको आयोजना गुगुल्डि वाङ्मय प्रतिष्ठान, मानसखण्ड फाउण्डेसन र मानसखण्ड गुरुकुल महेन्द्रनगरले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रमको मुख्य प्रवर्धकमा ककालु फुड्स रहेको छ, जसले स्थानीय उत्पादन र स्वादलाई प्रवद्र्धन गर्दै आएको छ।
कार्यक्रमलाई सफल बनाउन चन्द्र बाख्रा तथा कृषि फार्म प्रालीले सहयोगीको भूमिका निर्वाह गरेको छ। त्यसैगरी, कार्यक्रमको प्रचारप्रसार र सञ्चार समन्वयका लागि अनलाइन टिभी पत्रकार संघ कञ्चनपुर शाखा र सुदूरपश्चिम खबर मिडिया सहयोगीका रूपमा रहेका छन्।
कार्यक्रमको विशेषता पुषे पन्ध्रको विशेष सन्दर्भमा आयोजना हुन लागेको यस काव्यसभामा सुदूरपश्चिमका स्थापित तथा नवोदित साहित्यकारहरूले आफ्ना रचना, कविता र काव्यहरू प्रस्तुत गर्नेछन्। मौलिक संस्कृति, देउडा, र यहाँको जनजीवन झल्किने सृजनाहरूलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
स्थानीय खानपान, ठट्टा-मजाक र कथा हाल्ने (आइन हाल्ने) परम्परा रहेको पुषे पन्ध्रलाई साहित्यिक माध्यमबाट अझ उल्लासमय बनाउन यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।










Discussion about this post