Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनएनएसडब्ल्यूएद्वारा माछा व्यवसायीहरूका लागि व्यवसाय सञ्चालन सम्बन्धी तालिम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २४, २०८२
एनएनएसडब्ल्यूएद्वारा माछा व्यवसायीहरूका लागि व्यवसाय सञ्चालन सम्बन्धी तालिम सम्पन्न
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरमा माछा व्यवसायीहरूका लागि व्यवसाय सञ्चालन सिप विकास तालिम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाअन्तर्गत मङ्गलबार एनएनएसडब्ल्यूए सभा हलमा एक दिने माछा व्यवसाय सञ्चालनसम्बन्धी तालिम आयोजना गरिएको हो।

तालिममा स्थानीय माछा व्यवसायीहरू, उद्यमी तथा सामुदायिक प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई माछा पालन, उत्पादन, बजार व्यवस्थापन, रोग नियन्त्रण, आय तथा उत्पादन वृद्धि, आपूर्ति शृंखला व्यवस्थापनलगायतका प्राविधिक तथा व्यवसायिक सीपहरूबारे विस्तृत जानकारी प्रदान गरिएको छ।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले परियोजनाले दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा सन् २०२२ देखि निरन्तर कार्य गरिरहेको बताउनुभयो। उहाँले विपद्‌को उच्च जोखिममा रहेका २० जना माछा व्यवसायीहरूलाई लक्षित गरिएको यस तालिमले उनीहरूलाई दीगो व्यवसाय सञ्चालनका लागि आवश्यक सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार, “माछा पालनलाई दीगो आयस्रोतमा रूपान्तरण गर्दै समुदायमा रोजगारी, आय र पोषणका सुरक्षित विकल्पहरू सिर्जना गर्नु परियोजनाको मुख्य उद्देश्य हो।”

तालिमका प्रशिक्षक भीमराज भण्डारीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका माछा व्यवसायका लागि अत्यन्त उपयुक्त क्षेत्र रहेको उल्लेख गर्दै, स्थानीय कृषकहरू यो पेशामा सक्रिय भए पनि प्राविधिक ज्ञानको अभावले चुनौती व्यहोर्नुपरेको बताउनुभयो। “आजको तालिममा आवश्यक प्राविधिक पक्षहरूबारे विस्तृत छलफल गरियो, जसले आगामी दिनमा सहभागीलाई व्यवसाय प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत गर्नेछ,” उहाँले भन्नुभयो।

त्यसैगरी, सहभागी रञ्जु बम गिरीले तालिमले आफ्नो व्यवसायलाई व्यवस्थित ढंगले अघि बढाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरेको बताउनुभयो।

सुदृढ परियोजनाले जोखिममा रहेका समुदायहरूको जीविकोपार्जन सुरक्षित गर्न जलवायुमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्दै आएको छ। परियोजनाअन्तर्गत रानाथारू कृषि पर्यटन सहकारीमार्फत होमस्टे प्रवर्द्धन तथा तरकारी खेतीलाई सहयोग, सहकारी र कृषि समूहहरू मार्फत आयआर्जनका अवसर सिर्जना, व्यावसायिक तालिम र वित्तीय साक्षरतामार्फत समुदायको आर्थिक आधार सुदृढ बनाउने कार्य भइरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व