Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

श्री अमर सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १४, २०८२
श्री अमर सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । श्री अमर सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५ औं वार्षिक साधारण सभा, रजत जयन्ती तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। वन संरक्षण, समृद्धि र समुदायको भूमिकामाथि केन्द्रित कार्यक्रममा उपभोक्ता, स्थानीय प्रतिनिधि तथा सरोकारवाला पक्षहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनुभएको थियो भने, विशिष्ट अतिथि उप–प्रमुख तुलसी जोशी रहनुभएको थियो। श्री अमर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोहन बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केशब राज भट्टले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष मोहन चन्दले सामुदायिक वनको संरक्षणमा उपभोक्ताहरूको निरन्तर प्रयास र प्रतिबद्धता नै समूहको उपलब्धिको आधार रहेको बताए। उनले भने, “जनचेतनाको अभाव, अनुगमनको कमी र ढिलासुस्तीका कारण विगतमा वन विनाश रोक्न नसकिएको हो। तर उपभोक्ताहरूको जागरण, सहभागिता तथा कडाइका उपायले अहिले वन क्षेत्र पुनः हरियाली बन्दै गएको छ।”

त्यस्तै, प्रमुख अतिथि नगर प्रमुख भोजराज बोहराले सामुदायिक वनले स्थानीय स्तरमा जीवनस्तर उकास्न, वातावरण संरक्षण गर्न र आर्थिक क्रियाकलाप बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए। “वन संरक्षण केवल एउटा कार्यक्रम होइन, यो समुदायको भविष्यसँग जोडिएको जिम्मेवारी हो,” उनले जोड दिए।

विशिष्ट अतिथि नगर उप–प्रमुख तुलसी जोशीले सामुदायिक वन व्यवस्थापनमा महिलाको भूमिका, युवा सहभागिता र वातावरण–अनुकूल नीति आवश्यकताबारे विशेष जोड दिइन्। उनले उपभोक्ता समूहले देखाउँदै आएको सक्रियता आदर्श मुलुकभर फैलिनुपर्ने बताइन्।

कार्यक्रममा श्री अमरज्योति विद्या निकेतन, श्री जनता माध्यमिक विद्यालय तथा श्री बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुती समेत राखेका थिए। त्यस्तै सामुदायिक वन संरक्षण, व्यवस्थापन र समूहको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका व्यक्तित्वहरू, सहयोगी संस्था तथा उदाहरणीय योगदान पुर्‍याउनेहरूलाई सम्मान समेत गरिएको थियो।

दुई दशकअघि चुरे क्षेत्रमा तीव्र वन क्षय, पहिरो, खोला चौडा हुने, बाढीका कारण बस्ती–बस्तुभाउ विस्थापित हुनेजस्ता समस्याले त्रसित बनेपछि २०५७ सालमा श्री अमर सामुदायिक वन उपभोक्ता समूहको स्थापना गरिएको थियो। उपभोक्ताहरूको अथक प्रयास र तत्कालीन जिल्ला वन कार्यालय कञ्चनपुरमा दर्तापछि हाल समूहले वन संरक्षण, सम्बर्धन तथा सदुपयोगमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै समूहले आउँदा वर्षहरूमा अझ प्रभावकारी संरक्षण, पारदर्शी व्यवस्थापन र सामुदायिक विकासका गतिविधि विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

बैशाख ६, २०८३
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

चैत्र २८, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व