Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा बौद्धिक अपाङ्गता समावेशी नीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ६, २०८२
कञ्चनपुरमा बौद्धिक अपाङ्गता समावेशी नीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
0
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा सरकारी प्रतिनिधि तथा जनप्रतिनिधिहरूलाई बौद्धिक अपाङ्गता–सम्बन्धी समावेशी नीतिहरूबारे अभिमुखीकरण गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बौद्धिक अपाङ्गता भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सामाजिक, शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजित गरिएको हो।

कार्यक्रम लेव इन्क्लुजन डेनमार्कको सहयोग तथा बौद्धिक अपाङ्गता अभिभावक संघ कञ्चनपुरको आयोजनामा ‘किनारादेखि मूलधारसम्म’ योजना अन्तर्गत सम्पन्न भएको थियो।

कार्यक्रममा परियोजनाका फिल्ड अधिकृत नरबहादुर चौधरीले स्वागत मन्तव्य राख्दै ‘किनारादेखि मूलधारसम्म’ परियोजनाको मुख्य उद्देश्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायमा सार्थक रूपमा समावेश गर्दै समान पहुँच, समान अधिकार र व्यवहारको मान्यता स्थापित गर्नु रहेको बताए। उनले स्थानीय तह, समुदाय तथा परिवारबीचको सहकार्यले मात्र वास्तविक समावेशी वातावरण निर्माण गर्न सकिने उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले नगरपालिकाबाट सम्भव हुने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता भएका बालबालिकालाई विकास, शिक्षा र अवसरमा समान पहुँच दिलाउन स्थानीय तहले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। बोहराले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिकाले निरन्तर सहयोग र समन्वय गर्ने आश्वासन पनि दिनुभयो।

त्यस्तै विशिष्ट अतिथी वेदकोट नगरपालिकाकी उपप्रमुख तुलसी जोशीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार, पहुँच र सुरक्षित वातावरण निर्माण राज्य र स्थानीय तह दुवैको दायित्व भएको बताइन्। उनले परिवारको मनोबल, सामुदायिक समर्थन तथा शिक्षा प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै समावेशी संरचना विकासमा सबै तहको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिन्।

बौद्धिक अपाङ्गता अभिभावक संघ कञ्चनपुरकी अध्यक्ष शान्ती मल्लले अभिभावकहरूले सामना गर्नुपर्ने चुनौती, सामाजिक सोचमा अझै रहेको विभेद तथा सेवामा पुग्न कठिनाइबारे आफ्नो अनुभव साझा गरिन्। संघले बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षमता विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा विस्तारका लागि निरन्तर प्रयास गरिरहेको बताइन्। मल्लले स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायहरू मिलेर काम गर्न सके मात्र यस्ता बालबालिकाको भविष्य उज्यालो बनाउन सकिने बताइन्।

कार्यक्रममा बौद्धिक अपाङ्गता, यसको परिभाषा, पहिचान, कारण, प्रकार तथा विशेषताहरूका बारेमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा. यज्ञराज पाण्डेयले विस्तृत प्रस्तुती समेत दिएका थिए। कार्यक्रमको सञ्चालन संघका सचिव मदन कुवँरले गरेका थिए।

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, अभिभावक, स्थानीय तहका अधिकारी तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नीतिगत सुधार, पहुँच विस्तार, बालमैत्री सेवा तथा वास्तविक समावेशी अभ्यासका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३
मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

भदौ १०, २०८३
परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

भदौ १०, २०८३
प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व