Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाचौँ कञ्चनपुर सम्मेलन बेलौरीमा सम्पन्न, १० बुँदे घोषणा–पत्र सार्वजनिक

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर ६, २०८२
पाचौँ कञ्चनपुर सम्मेलन बेलौरीमा सम्पन्न, १० बुँदे घोषणा–पत्र सार्वजनिक
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा ५ औँ कञ्चनपुर सम्मेलन शुक्रबार सम्पन्न भएको छ। बेलौरी नगरपालिकाको आयोजनामा तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, मर्सिकोर नेपाल र युनिसेफ नेपालको प्राविधिक सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने मूल नारासहित सम्मेलनको आयोजना गरिएको हो।

सम्मेलनमा जिल्लाका विभिन्न स्थानीय तह, गैरसरकारी संस्था तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। जलवायु परिवर्तनका असर, विपद् जोखिम न्यूनिकरण र दिगो विकासबारे विस्तृत छलफल गर्दै सम्मेलन सम्पन्न भएको हो। सम्मेलनले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका लागि १० बुँदे घोषणा–पत्र जारी गरेको छ।

घोषणामा सीमित प्राकृतिक स्रोतसाधनको दीर्घकालीन उपयोग, प्रविधि मैत्री पूर्वसूचना प्रणालीको प्रयोग, तथा जलवायु परिवर्तनसम्बन्धी विषयवस्तु स्थानीय पाठ्यक्रममा समावेश गर्ने निर्णयहरू समेटिएका छन्।

कार्यक्रमका सभापति बेलौरी नगरपालिका नगरप्रमुख पोतीलाल चौधरी रहनुभएको थियो। प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह बिष्ट रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका सह–सचिव गोविन्द प्रसाद रिजाल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख इन्जिनियर दिनेश भट्ट लगायतको उपस्थिति थियो।

कार्यक्रममा एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरू, कार्यक्रम संयोजक राज कुमार सुनार, डीसीएका निर्देशक दिनेश गरुङ, आईएचआरआरका निर्देशक सुरज गौतम तथा कञ्चनपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रमको बेलौरी नगर उप–प्रमुख जोगराम चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो।

विगत केही वर्षदेखि ‘मेयर्स फोरम’को स्वरूपमा आयोजना हुँदै आएको कञ्चनपुर सम्मेलन विपद् व्यवस्थापन र दिगो विकासबारे नीतिगत संवाद र अनुभव आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा स्थापित हुँदै आएको छ। यस सम्मेलनले विपद् प्रतिक्रियामुखी दृष्टिकोणभन्दा उत्थानशीलतामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। यसअघिका सम्मेलनहरू भीमदत्त, पुनर्वास, दोधाराचाँदनी र लालझाडी गाउँपालिकामा सम्पन्न भइसकेका छन्।

यस पटक सम्मेलन बेलौरीमा आयोजना गर्न सफल भएकोमा नगरप्रमुख पोतीलाल चौधरीले खुशी व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलन जलवायु परिवर्तनका कारण देखिएका चुनौती, विपद् जोखिम तथा दीर्घकालीन विकास योजनाबारे महत्वपूर्ण छलफलको अवसर बनेको छ।


सरोकारवालाहरूले जिल्लामा पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले दिगो विकास र विपद् जोखिम न्यूनिकरणका लागि स्थानीय तहबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले विपद् व्यवस्थापनमा स्थानीय सरकारसँगको सहकार्य पछिल्ला वर्षमा निकै प्रभावकारी बन्दै गएको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहको सक्रियता, समुदायस्तरको सहभागिता र संस्थागत समन्वयले जोखिम न्यूनिकरणमा उल्लेखनीय सुधार ल्याएको छ। जैरूले प्रविधिमैत्री पूर्वतयारी, तालिम तथा क्षमता अभिवृद्धि कार्यले वास्तविक संकट व्यवस्थापनमा ठूलो भूमिक खेल्ने उल्लेख गर्दै यस्तो सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय सरकारलाई केन्द्रमा राखेर गरिएको यस्तो साझेदारी नै टिकाउ विपद् व्यवस्थापनको मुख्य आधार हुने स्पष्ट गर्नु भयो।

गृह मन्त्रालयका उप–सचिव रविन्द्र आचार्यले समुदायमै पूर्वसूचना प्रणाली लागू गर्न सकिए सम्भावित क्षति न्यूनिकरणमा ठूलो प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार सूचना समयमै समुदायसम्म नपुग्दा धेरै ठाउँमा अनावश्यक मानवीय तथा भौतिक क्षति हुने गरेको छ, जसलाई प्रभावकारी प्रणालीले रोक्न सक्छ। आचार्यले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूबीच सूचनाको प्रवाह चाँडो, विश्वसनीय र व्यवस्थित हुनुपर्ने आवश्यकता औँल्याउँदै जनतासँग प्रत्यक्ष जोडिने संरचना मजबुत बनाउनुपर्ने बताउनुभयो।

बेलौरी नगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन अशोक पाण्डेले जिल्लाका नौवटा पालिकाले विपद् व्यवस्थापनसम्बन्धी नीति, नियम, चुनौती र समाधानका लागि संयुक्त रूपमा काम गरिरहेको जानकारी दिनुभयो।

सम्मेलनले आगामी छैटौँ कञ्चनपुर सम्मेलन बेदकोट नगरपालिकाले आयोजना गर्ने घोषणा गरेको छ। वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले उक्त घोषणा सामूहिक प्रयासबाट विपद् जोखिम न्यूनिकरण र मानवीय तथा भौतिक धनजन सुरक्षा गर्न सकिने धारणा राख्नुभयो।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले महाकाली नदीलगायत थप नदीहरूमा पूर्वसूचना प्रणाली विस्तार गर्ने प्रयास अघि बढाइएको जानकारी दिनुभयो। उहाँले पूर्व तयारी र समयमै सूचना प्रवाह हुनसके विपद्का प्रभाव न्यूनिकरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् व्यवस्थापनमा स्थानीय तह सक्षम रहेको बताउँदै विकास तथा निर्माणका काम प्रभावकारी बनाउन सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो।
जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य दिवान सिंह बिष्टले विपद् व्यवस्थापन कुनै एक क्षेत्रको मात्र चुनौती नभई सम्पूर्ण समुदायको सामूहिक जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तहदेखि प्रदेश सरकारसम्म सबै संयन्त्र एकसाथ सक्रिय भएर अघि बढे मात्र दिगो विपद् व्यवस्थापन सम्भव हुने बताउनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
देश/राष्ट्रिय

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व