Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १६, आईतवार १२:१३
९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — कानुन संशोधनपछि सुरु गरिएको मतदाता नामावली संकलन अभियानमा करिब एक महिनामा ९३ हजार ३५१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार १२ असोजदेखि सुरु भएको नामावली संकलनमा हालसम्म ५६ हजार ७१८ पुरुष, ३६ हजार ६२४ महिला र ९ अन्य मतदाता सूचीकृत भएका छन् ।

आयोगले नयाँ मतदाता दर्ताका लागि ३० कात्तिकसम्मको समय तोकेको छ, जसअनुसार अब करिब दुई साताको समय मात्र बाँकी छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार शनिबार र बिदा बाहेकका दिन कात्तिकभर नयाँ मतदाताका लागि नाम दर्ता गराउन सकिनेछ ।

हाल दैनिक ६–७ हजार मतदाता सूचीकृत भइरहेका छन् भने अवधि सकिन लागेकाले महिनाको अन्त्यतिर यो संख्या दैनिक १० हजारसम्म पुग्न सक्ने आयोगको अनुमान छ ।

सरकारले जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई २१ फागुनमा निर्वाचन मिति तोकिएपछि मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन घोषणापछि पनि नयाँ मतदाता सूचीकृत गर्ने व्यवस्था मिलाएको थियो ।

आयोगका अनुसार गत असारसम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता दर्ता भएका थिए, जसमा ९२ लाख ५१ हजार ५४१ पुरुष, ८९ लाख १६ हजार ५०२ महिला र १८७ अन्य मतदाता छन् ।

नयाँ सूचीकृत मतदाताहरू आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न योग्य हुनेछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो
अर्थ/ब्यापार

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ कार्तिक १६, आईतवार १२:१३
नेप्से परिसूचक २६ अङ्कले घट्यो
अर्थ/ब्यापार

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८२ कार्तिक १६, आईतवार १२:१३
एमआरपी कार्यान्वयनमा सरकार कडा, व्यवसायी असन्तुष्ट
अर्थ/ब्यापार

एमआरपी कार्यान्वयनमा सरकार कडा, व्यवसायी असन्तुष्ट

२०८२ कार्तिक १६, आईतवार १२:१३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ कार्तिक १६, आईतवार १२:१३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ कार्तिक १६, आईतवार १२:१३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ कार्तिक १६, आईतवार १२:१३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ कार्तिक १६, आईतवार १२:१३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ कार्तिक १६, आईतवार १२:१३
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८२ कार्तिक १६, आईतवार १२:१३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व