Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घटाल बहुमुखी क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २, २०८२
घटाल बहुमुखी क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न ।
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर: जिल्लाको बेदकोट नगरपालिकामा रहेको घटाल बहुमुखी क्याम्पसको दैजी परिसरमा सुदूरपश्चिमेली समाजको आयोजनामा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता क्याम्पसका अध्यक्ष नारायण दत्त बोहराले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा उपस्थित हुनु भयो। कार्यक्रमको सञ्चालन क्याम्पसका लेखापाल भरत साउदले गर्नुभएको थियो।

कार्यक्रमको सुरुवातमा क्याम्पस प्रमुख देवदत्त पन्तले स्वागत मन्तव्यका साथै क्याम्पसको हालको प्रगतिबारे जानकारी गराउँदै पाँच वर्षभित्र घटाल बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमकै नमुना क्याम्पस बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी नगर प्रमुख बोहराले क्याम्पसको समग्र विकासका लागि आवश्यक सहयोग गर्न आफू सधैं तत्पर रहने आश्वासन दिनुभयो।

क्याम्पस अध्यक्ष नारायण बोहराले अब वेदकोट नगरपालिकाभित्र कुनै पनि विद्यार्थी स्नातक तहमा पढ्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ समाज र स्थानीय निकायबीच सहकार्यको महत्व औंल्याउनुभयो।

सो कार्यक्रममा वार्ड सदस्य उद्दवराज पनेरुले आफ्नो वडाबाट सधैं शैक्षिक क्षेत्रमा सहयोग रहिरहने बताउनुभयो। कार्यक्रमका सह–संयोजक उमेश जोशीले क्याम्पसको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, विद्यार्थी, अभिभावक, पत्रकार तथा प्राध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, सुदूरपश्चिमेली समाजका संस्थापक सदस्य र सचिव लागायत पदाधिकारी हरुको समेत उपस्थिति रहेको थियो।

कञ्चनपुर जिल्लाबाट केवल घटाल बहुमुखी क्याम्पसलाई रोजेर उक्त छात्रवृत्ति कार्यक्रम आयोजना गरिएको थियो।
यस कार्यक्रमको तयारी र सफल आयोजनामा धर्मराज पाण्डेयको उल्लेखनीय योगदान रहेको भन्दै क्याम्पस परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनचाँदीको भाउ सामान्य घट्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र
अर्थ/ब्यापार

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व