Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाँच प्रदेशमा अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन १७, शुक्रबार ०७:३७
पाँच प्रदेशमा अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा धेरै वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उनले जानकारी दिए ।

मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको जनाइएको छ ।

बाग्मती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । यसैले सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न प्राधिकरणले अनुरोध गरेको उनले बताए ।

प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले उँचो ९अग्लो० र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ ।

तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न, पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क ९अलर्ट० मा रहन पनि प्राधिकरणले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कानून विपरीत निजी विद्यालयले लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन
विज्ञान र प्रविधि

एउटै विद्यालयले प्रत्येक बर्ष भर्ना शुल्क लिन नपाउने

२०८२ आश्विन १७, शुक्रबार ०७:३७
एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया
विज्ञान र प्रविधि

एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया

२०८२ आश्विन १७, शुक्रबार ०७:३७
नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु
विज्ञान र प्रविधि

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

२०८२ आश्विन १७, शुक्रबार ०७:३७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८२ आश्विन १७, शुक्रबार ०७:३७
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

२०८२ आश्विन १७, शुक्रबार ०७:३७
पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८२ आश्विन १७, शुक्रबार ०७:३७
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज पनि बढ्यो सुनचाँदीको भाउ : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

२०८२ आश्विन १७, शुक्रबार ०७:३७
आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

२०८२ आश्विन १७, शुक्रबार ०७:३७
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

२०८२ आश्विन १७, शुक्रबार ०७:३७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व