Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उत्तरी नाकाबाट सामान भित्रन सकेन, व्यवसायी चिन्तित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन १४, मंगलवार २१:२१
उत्तरी नाकाबाट सामान भित्रन सकेन, व्यवसायी चिन्तित
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक – दसैं दैलोमै पुगे पनि उत्तरी नाका तातोपानी हुँदै नेपाल भित्रनुपर्ने दसैं–तिहार लक्षित सामान समयमा आयात नहुँदा व्यापारी चिन्तित बनेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार चीनले विभिन्न बहाना देखाउँदै न्यून संख्यामा मात्र कन्टेनर छाड्न थालेपछि आजित अवस्था सिर्जना भएको हो। उनका अनुसार चीनको न्यालम, खासा र लिपिङ पारी झाङ्मु बजारमा झन्डै एक हजार कन्टेनर अड्किएका छन्।

“यसअघि दैनिक १८ देखि २५ कन्टेनर छाड्थ्यो भने अहिले दसैंको मुखमा ६ देखि १० कन्टेनर मात्र छाड्दा व्यापारीहरू तनावमा परेका छन्,” बस्नेतले भने। चीनले पार्किङ समस्या र मालवाहक रुट प्रोटोकलजस्ता कारण देखाउँदै केही दिनयता कन्टेनर छाड्न ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ।

यसअघि कोदारी राजमार्गको इको क्षेत्रमा भदौ ४ देखि ७ सम्म लगातार चार दिन पहिरो खसेपछि सडक लामो समय अवरुद्ध भएको थियो। पछि सडक खुल्दा केही दिन सामान आयात भए पनि फेरि सहज आपूर्ति हुन सकेको छैन। हाल चीनको ल्हासा, सिगात्से र न्यालममा पाँच सयभन्दा बढी कन्टेनर महँगो गोदाम पार्किङमै रोकिएका छन् भने केरुङमा झण्डै चार सय कन्टेनर अड्किएका छन्।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार साउन १७ मा भन्सार यार्डमा प्रवेश गरेका फलफूलका अधिकांश कन्टेनर लामो समय अड्किँदा कुहिन पुगेका थिए। व्यापारी शारदाप्रसाद पराजुलीका अनुसार उनका मात्र पाँच कन्टेनरमा रहेको आँप र ड्रागन फ्रुट कुहिएर नोक्सानी भएको छ।

व्यवसायीहरूले दशैं–तिहार जस्ता ठूला पर्वको समयमा सामान भित्रन नसक्दा उपभोक्ता आपूर्ति र मूल्यवृद्धिको जोखिम बढ्ने चेतावनी दिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा
अर्थ/ब्यापार

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०८२ आश्विन १४, मंगलवार २१:२१
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो
अर्थ/ब्यापार

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ आश्विन १४, मंगलवार २१:२१
नेप्से परिसूचक २६ अङ्कले घट्यो
अर्थ/ब्यापार

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८२ आश्विन १४, मंगलवार २१:२१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

२०८२ आश्विन १४, मंगलवार २१:२१
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०८२ आश्विन १४, मंगलवार २१:२१
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०८२ आश्विन १४, मंगलवार २१:२१
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०८२ आश्विन १४, मंगलवार २१:२१
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०८२ आश्विन १४, मंगलवार २१:२१
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०८२ आश्विन १४, मंगलवार २१:२१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व