Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भाइबरबाट फेसबुक र ह्वाट्सएपमा जस्तै सहज कुराकानी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २०, २०८२
भाइबरबाट फेसबुक र ह्वाट्सएपमा जस्तै सहज कुराकानी
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

अहिले नेपाल सरकारले सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने नीति कार्यान्वयनमा लगेको छ । अब ती सामाजिक सञ्जालहरू सूचीकरण नभई चल्ने छैनन् । सामाजिक सञ्जालहरूले देशको नीति अनुसार सूचीकृत प्रक्रियामा नगइकन अगाडि बढ्न उचित छैन । कम्पनी सूचीकरणसँग कानूनी मुद्दा, विश्वसनीयताका मुद्दा लगायत धेरै कुराहरू जोडिएका हुन्छन् ।

अहिले जति पनि साइबर अपराधका कुराहरू आइरहेको छ, त्योसँग पनि प्रत्यक्ष रूपमा जोडिने कुरा हो । चलाउनका लागि जुन नीति नियम छ, त्यही नीति नियम अनुसार चलाउँदा ठीक हुन्छ । नत्र भने अहिले भइरहेको साइबर अपराधका घटना बढेर नियन्त्रण गर्न अझ गाह्रो स्थिति आउन सक्छ ।

धेरै मानिसहरूले सामाजिक सञ्जालहरू चलाउँदा, इन्टरनेटमा केही कुराहरू खोज्दा, एप्सहरू डाउनलोड गर्दा ध्यान दिँदैनन् । त्यहाँ टर्म्स अफ कन्डिसनु भनेको हुन्छ । त्यो कसैले पनि पढेर या यसबाट हानी हुन सक्छ भनेर पढेकै हुँदैन । कति एप्सहरूमा मलाई यो–यो पहुँच देऊ भनेर भनिरहेको हुन्छ । फोटो, सम्पर्कको पहुँच देऊ भनेर भनिरहेको हुन्छ । मानिसहरूले सबै कुराको पहुँच दिनुपर्ने हो कि होइन भन्ने बुझ्नुपर्छ । कतिपय एप्सहरू यस्तो हुन्छ जसले सबै विवरणहरू माग्छ । प्रयोगकर्ताहरू आफैँ सचेत हुनु जरुरी छ । सूचीकृत भएकै एप्स, सफ्टवेयरहरू चलाउँदा पनि उसले मागेका कुराहरू दिन जरुरी छ त भनेर सोच्न जरुरी छ ।

अहिले सरकारले लिएको नीति सही हो । अहिले जति पनि सामाजिक सञ्जालहरू छन् उनीहरूले नेपाल बाहेकका अरू देशमा सञ्चालन हुँदा सूचीकृत नै गरेका हुन्छन् । उनीहरूलाई नेपालमा कानून नलाग्ने त होइन ।

फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द भएपछि टाढा रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग सहज कुराकानी कसरी गर्ने भन्ने धेरैलाई चिन्ता छ । अझ गाउँघरमा बस्ने वृद्धवृद्धालाई विदेशमा रहेका छोराछोरी र आफन्तसँग कुराकानी गर्न फेसबुक, ह्वाट्सएप सजिलो माध्यम थियो । अब सूचीकृत नहुँदासम्म फेसबुक, ह्वाट्सएप चल्दैनन् ।

यसअघि सूचीकृत भइसकेका सामाजिक सञ्जालहरू टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ भने निर्बाध चलिरहेका छन् । सूचीकृत भएकामध्ये टिकटक सबैभन्दा धेरै लोकप्रिय छ । यसबाट लेखेर दोहोरो सन्देश पठाउन सकिन्छ । यस्तै भाइबरबाट सन्देश लेखेर पठाउन तथा अडियो र भिडियो कुराकानी गर्न सकिन्छ । यो ह्वाट्सएपको विकल्प पनि हो । पहिले कोरोना सङ्क्रमणको बेला पनि धेरै प्रयोग भएको सामाजिक सञ्जाल भाइबर नै हो । यस्तै निम्बजबाट पनि सन्देश लेखेर पठाउन, अडियो कल गर्न सकिन्छ । फाइलहरू आदानप्रदान गर्न पनि सकिन्छ । यस्तै पोपोलाइभबाट भिडियो कल गर्न, नयाँ साथीहरू बनाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ । नेपालमै बनेको अर्को सामाजिक सञ्जल वीटक पनि भिडियो–साझेदारी गर्ने एप हो । यसमा आफ्नो कला, प्रतिभा, विचार र सिर्जनालाई छोटकरी भिडियोमार्फत साझा गर्न सकिन्छ ।

(त्रिभुवन विश्वविद्यालय केन्द्रीय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सर्विन सायमीसँग गरिएको कुराकानीमा आधारित । उज्यालो अनलाईन

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै
खाेज/विशेष

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

जेष्ठ १५, २०८३
कञ्चनपुरमा वस दुर्घटना, एक जनाको मृत्यु
खाेज/विशेष

कञ्चनपुरमा वस दुर्घटना, एक जनाको मृत्यु

कार्तिक १६, २०८२
मनसुन क्रमशः कमजोर बन्दै
खाेज/विशेष

कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

कार्तिक ४, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व