Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ओडारको जीवनबाट पक्की घरसम्म

प्रकाश भट्ट by प्रकाश भट्ट
भदौ १, २०८२
ओडारको जीवनबाट पक्की घरसम्म
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । लोपउन्मुख तथा फिरन्ते जीवनशैली भएका राउटेहरू नेपालका विभिन्न ठाउँहरूमा बसोबास गर्छन्। उनीहरू कुनै एक निश्चित स्थानमा बस्दैनन्, छोटो समयमै बसाइ सरिरहने राउटेहरूको जीवनशैली रहेको पाइन्छ। तर अहिलेको समयमा उनीहरू ओडारदेखि पक्की घरसम्म पुगिसकेका छन्।

डडेलधुरा जिल्लाको परशुराम नगरपालिका -०४ रज्यौडामा राउटे समुदायको बसोबास रहेको छ। उक्त स्थानमा ४५ देखि ५० वटा राउटे परिवारको बसोबास छ। विगतमा दार्चुला जिल्लाको ओडारहरूमा जीवन बिताईरहेको बेला उनीहरूलाई नेपाल सरकारले १९.८ रोपनी जमिन दिएपछि बाजेकै पालामा उनीहरू रज्यौडामा आएको प्रेम सिहँ राउत (राउटे) बताउँछन्।

उनका अनुसार परशुराम नगरपालिका -०४ रज्यौडामा नेपाल सरकारले प्रति परिवार १९.८ रोपनी जमिन दिने भएपछि उनीहरू उक्त ठाउँमा आएका हुन्। उक्त ठाउँका राउटेहरूका आफन्त भारतको खिलद्वारी, चक्रपुर तथा धार्चुलामा बसोबास गर्छन्। तसर्थ त्यहाँका राउटे समुदायको भारत आवतजावत चलिरहने स्थानीहरूको भनाई रहेको छ।राउटे समुदायमा जातको असमानता नरहेको स्थानीयहरू बताउँछन्। जङ्गली अवस्थामा जङ्गली जनावर मारेर खाने, कन्दमूल, तरुल इत्यादि खाने भएतापनि अहिले त्यस्तो अवस्था नरहेको प्रेम सिहँ राउत (राउटे) बताउँछन्।

उक्त ठाउँको राउटे समुदायमा चन्द, पाल, राउत र राउटे जाति बसोबास गर्ने गरेको उनी बताउँछन्। राउटेका थरहरु विकसित समाजका ठकुरीहरूका थरसँग हु–बहु मिल्दो जुल्दो पाइन्छ । त्यस ठाउँका राउटे समुदायको कुलदेवताको नाम ध्वजकेदार रहेको प्रेम सिहँ राउत (राउटे) बताउँछन्। छोराछोरी विद्यालय जाने गरेको भएतापनि उनीहरूको गाउँमा १० कक्षा भन्दा बढी कोही पढेको नरहेको उनी बताउँछन्।

विगतका दिनहरूमा राउटे काठका विभिन्न सामान उत्पादन गरेर उत्पादित सामग्री लिएर नजिकको गाउँहरूमा पस्ने र ती सामानसँग अन्नबाली साटेर जीवन यापन गर्ने गरेको वडा नम्बर -०४ का वडा अध्यक्ष विश्राम बोहरा बताउँछन्। तर अहिलेको अवस्थामा सरकारले प्रदान गर्ने भत्ताको आस र अन्य व्यक्ति तथा संस्थाको सहयोगको कारण उनीहरू परर्निभर बन्दै गएका उनी बताउँछन्। तर वडामा उनीहरूको स्वास्थ्य ठिक राख्न पोषण कार्यक्रम, कुखुरा वितरण, उन्नत जातका तरकारीको बिउ-बिजन वितरण लगायतका विभिन्न कार्यक्रमहरू भने निरन्तर सञ्चालन भईरहेका वडा अध्यक्ष बोहराको भनाई रहेको छ।

सदस्यको मृत्यु भएमा तत्काल घर छाड्ने चलन

त्यस ठाउँमा बसोबास गर्ने राउटे समुदायको परिवारमा कुनै सदस्यको मृत्यु भएमा घर छाडेर अन्तै जाने चलन रहेको पाइन्छ। परिवारको कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदैकराउँदै अर्को बासको खोजीमा जाने हुँदा एकै ठाउँमा नबस्ने राउटे समुदायका बासिन्दा प्रेम सिहँ राउत (राउटे) बताउँछन्।

उनी भन्छन्, ‘हाम्रो समुदायमा कसैको मृत्यु हुनेबित्तिकै त्यस ठाउँलाई सधैँका लागि अशुभ ठानेर नयाँ ठाउँको खोजीमा हिँड्ने गर्छौँ’। तर अहिलेको समयमा त्यो चलन भने कम भइसकेको उनि बताउँछन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल
फ्ल्यास हेडिङ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २८ गते, भोटेकोशी बाढीबारे छलफल हुने

भदौ २७, २०८३
एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने, नेपालले ब्याटिङ गर्दै
खेलकुद

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने, नेपालले ब्याटिङ गर्दै

भदौ २७, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै, भोटेकोशी बाढी र समसामयिक राजनीतिबारे छलफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २८ गते, भोटेकोशी बाढीबारे छलफल हुने

भदौ २७, २०८३
एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने, नेपालले ब्याटिङ गर्दै

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने, नेपालले ब्याटिङ गर्दै

भदौ २७, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३
पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

भदौ २६, २०८३
नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

भदौ २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व