Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको पुनर्वासमा मनसुन पूर्वतयारीका लागि ‘टेबलटप सिमुलेसन’ सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन २९, २०८२
कञ्चनपुरको पुनर्वासमा मनसुन पूर्वतयारीका लागि ‘टेबलटप सिमुलेसन’ सम्पन्न
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। मनसुनलाई लक्षित गरी पूर्वतयारी र पूर्वकार्यसम्बन्धी संयन्त्रहरूको परीक्षण गर्न पुनर्वास नगरपालिकामा कृत्रिम अभ्यास (टेबलटप सिमुलेसन) सम्पन्न भएको छ।

मर्सीकोर नेपाल, कोकाकोला फाउन्डेसन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) को साझेदारीमा सञ्चालित ‘सान’ परियोजनाको आयोजना र पुनर्वास नगरपालिकाको समन्वयमा भएको यो कार्यक्रम नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य उद्देश्य विपद् व्यवस्थापनका लागि नगरपालिका र सम्बद्ध संस्थाहरूको तयारी कत्तिको छ भनेर परीक्षण गर्नु थियो। कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वकार्यको महत्त्वमाथि छलफल भएको थियो।

राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विपद्‌सँग लड्ने क्षमताको मूल्याङ्कन गर्न यस्ता अभ्यासहरू आवश्यक रहेको बताए। उनले भने, “यसले हामीलाई सुधार गर्नुपर्ने पक्षहरू अझ स्पष्ट रूपमा पहिचान गर्न मद्दत गर्छ।”

त्यसैगरी नगर प्रमुख तोयप्रसाद शर्माले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पूर्वकार्यको महत्त्वमाथि प्रकाश पार्दै यसले सम्भावित जोखिमहरूलाई समयमै न्यूनीकरण गर्न सही दिशानिर्देश गर्ने बताए। साथै उनले पूर्वअनुमान र पूर्वकार्यले ठूलो क्षतिलाई कम लगानीमै कम गर्न सक्ने बताए।

मर्सी क्रप्सका सिनियर प्रोग्राम कोअर्डिनेटर मनिस ढुङ्गेलले दोदा नदीको हकमा पर्याप्त सूचकहरू कसरी निर्धारण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए।

कार्यक्रमका संयोजक देवराज बडुले विपद्को एकीकृत व्यवस्थापनका लागि सहकार्य र समन्वय अपरिहार्य रहेको र भविष्यमा सबै एकजुट भएर पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिए।

यस अभ्यासले पुनर्वास नगरपालिकामा मनसुनका बेला आउन सक्ने विपद्को पूर्वतयारीलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३
मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम
Uncategorized

मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम

जेष्ठ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व