Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ११, २०८३
भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत्यु भएको घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले ४८ जिल्लाबाट यकिन भएका ३ हजार २९२ नेपाली नागरिक र विदेशी नियोगबाट पुष्टि भएका ६२३ विदेशी नागरिक गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरेको हो।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३०) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ।

यसअघि बेपत्ता नेपाली नागरिकको विवरण सम्बन्धित स्थानीय तह र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको सिफारिसका आधारमा संकलन गरिएको थियो। विदेशी नागरिकको हकमा सम्बन्धित देशका नेपालस्थित नियोगबाट प्राप्त सूचीका आधारमा विवरण यकिन गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीमा कुल ५ हजार २८५ जना बेपत्ता भएकामा हालसम्म ३ हजार ९१५ जनाको विवरण मात्र यकिन भएको छ। अझै १ हजार ३७० जनाको विवरण आउन बाँकी छ। बेपत्ताको संख्या यकिन नहुँदा प्रभावित परिवारले कानुनी रूपमा मृत्यु दर्ता, राहत तथा क्षतिपूर्ति प्राप्त गर्न समस्या भोगिरहेका छन्।

बाढीमा ज्यान गुमाएका १ हजार १४८ जनाको शव पहिचान खुलाउने उद्देश्यले डीएनए नमुना संकलन गरी जमिनमुनि व्यवस्थापन गरिएको छ। तर डीएनए परीक्षणमार्फत सबैको पहिचान खुल्न सकेको छैन।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका थिए। सरकारले उद्धार तथा राहतको काम अघि बढाए पनि प्रभावित परिवारको पुनःस्थापनाको प्रक्रिया अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

बाढीबाट विस्थापित बनेका हजारौँ नागरिक अझै पुनःस्थापनाको प्रतीक्षामा कष्टकर जीवन बिताउन बाध्य छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु
फ्ल्यास हेडिङ

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मंसिर ११, २०८३
एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता
फ्ल्यास हेडिङ

एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

मंसिर ११, २०८३
क्रिकेटर रोहित पौडेल बने दुलाहा
खेलकुद

क्रिकेटर रोहित पौडेल बने दुलाहा

मंसिर १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अमेरिकामा महँगी बढ्दै, ब्याजदर थप वृद्धि हुने संकेत

अमेरिकामा महँगी बढ्दै, ब्याजदर थप वृद्धि हुने संकेत

मंसिर ११, २०८३
भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

मंसिर ११, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मंसिर ११, २०८३
एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

मंसिर ११, २०८३
क्रिकेटर रोहित पौडेल बने दुलाहा

क्रिकेटर रोहित पौडेल बने दुलाहा

मंसिर १०, २०८३
पत्रकारिता क्षेत्र शोकमा, राजेन्द्र बिष्टको निधन

पत्रकारिता क्षेत्र शोकमा, राजेन्द्र बिष्टको निधन

मंसिर १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व