Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रोमाञ्चक प्रतिस्पर्धासँगै सकियो एनपीएल, सुदूरपश्चिमले रच्यो नयाँ इतिहास

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ६, २०८३
रोमाञ्चक प्रतिस्पर्धासँगै सकियो एनपीएल, सुदूरपश्चिमले रच्यो नयाँ इतिहास
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । छक्का–चौकाको वर्षा, रोमाञ्चक प्रतिस्पर्धा र दर्शकको उत्साहपूर्ण साथका बीच नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सम्पन्न भएको छ। गएको कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो।

तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।

यसअघिका दुई संस्करणमा फाइनलसम्म पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्दै नयाँ इतिहास रचेको छ। लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको लुम्बिनीको प्रयास भने यसपटक सफल हुन सकेन।

फाइनलमा सुदूरपश्चिमको जितका नायक जर्ज मन्सी बने। उनले ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रनको विस्फोटक पारी खेले। उनलाई साथ दिएका विनोद भण्डारीले अविजित ३० रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। सुदूरपश्चिमले उक्त लक्ष्य कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गरेको थियो।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो। यस संस्करणमा खेलको रोमाञ्चक प्रतिस्पर्धासँगै प्रविधिको प्रयोग पनि चर्चाको विषय बन्यो। पहिलोपटक अम्पायरको निर्णय पुनरावलोकन गर्ने प्रविधि अर्थात् डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिएको थियो। यसले खेललाई थप निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुर्‍याएको थियो।

त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित विदेशी खेलाडीहरूको सहभागिताले पनि प्रतियोगिताको आकर्षण बढाएको थियो। डेभिड मिलर, डेभिड वार्नर र आन्द्रे रसेललगायतका खेलाडीको उपस्थितिले नेपाली क्रिकेटप्रेमीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीको प्रदर्शन नजिकबाट हेर्ने अवसर प्रदान गर्‍यो।

समग्रमा दर्शकको उल्लेख्य उपस्थिति, विदेशी खेलाडीको आकर्षण, रोमाञ्चक खेल र नयाँ प्रविधिको प्रयोगले एनपीएलको तेस्रो संस्करणलाई विशेष बनाएको छ। सुदूरपश्चिम रोयल्सको ऐतिहासिक उपाधिसँगै यस संस्करणले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा
अन्तर्राष्ट्रिय राजनीति

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३
बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन
अन्तर्राष्ट्रिय राजनीति

बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

मंसिर ७, २०८३
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
फ्ल्यास हेडिङ

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

मंसिर ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३
बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

मंसिर ७, २०८३
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

मंसिर ७, २०८३
मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मंसिर ७, २०८३
सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

मंसिर ७, २०८३
उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व