Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, व्रतालु निराहार व्रतमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २८, २०८३
छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, व्रतालु निराहार व्रतमा

छठ पर्वका अवसरमा सुनसरीको इनरुवास्थित कुरुवा खोलामा मङ्गलबार छठ ब्रतालुहरू उदाउँदो सूर्य उदाउँदो अर्घ दिँदै । तस्बिर : नवीन गड्तौला / रासस

0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तराई–मधेससहित देशका विभिन्न भागमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदैछ। चार दिनसम्म मनाइने यस पर्वको दोस्रो दिन व्रतालुहरू निराहार उपवास बसेर खरना विधि पूरा गर्ने तयारीमा छन्।

खरना विधिअन्तर्गत व्रतालुहरूले बिहान स्नान गरी दिनभर निराहार व्रत बस्ने गर्छन्। साँझ सख्खरमा पकाइएको खीर तथा अन्य प्रसाद कुलदेवता र छठी मातालाई अर्पण गरी आफूले समेत प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। मैथिली भाषामा यस विधिलाई ‘खरना’ भनिन्छ।

यसअघि छठ पर्वको पहिलो दिन हिजो ‘नहाय–खाय’ विधि सम्पन्न गरिएको थियो। उक्त दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्दै छठ व्रतको सङ्कल्प गर्ने परम्परा छ।

छठ पर्वको तेस्रो दिन भोलि व्रतालुहरू निराहार व्रत बसेर साँझ नजिकैको नदी, पोखरी तथा जलाशयमा निर्माण गरिएका घाटमा पुग्नेछन्। त्यहाँ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरी सूर्यदेवको पूजा–आराधना गरिनेछ।

त्यसैगरी, पर्वको चौथो तथा अन्तिम दिन सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।

सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वमा श्रद्धा, निष्ठा, आत्मशुद्धि र समर्पणलाई विशेष महत्त्व दिइन्छ। पछिल्ला वर्षहरूमा छठ पर्व तराई–मधेसमा मात्र सीमित नरही काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा समेत धुमधामका साथ मनाउन थालिएको छ।

छठ पर्वको अवसरमा सरकारले पर्सि सोमबार सार्वजनिक बिदासमेत दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डेउडा गीतसङ्गीतका सर्जक प्रेम कोलीको उपचारका क्रममा निधन
कला/संस्कृति

डेउडा गीतसङ्गीतका सर्जक प्रेम कोलीको उपचारका क्रममा निधन

कार्तिक २८, २०८३
आज विश्व मधुमेह दिवस, ३५ वर्षपछि नियमित परीक्षण गर्न चिकित्सकको सुझाव
फ्ल्यास हेडिङ

आज विश्व मधुमेह दिवस, ३५ वर्षपछि नियमित परीक्षण गर्न चिकित्सकको सुझाव

कार्तिक २८, २०८३
बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, समयसीमा तोकियो
फ्ल्यास हेडिङ

बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, समयसीमा तोकियो

कार्तिक २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डेउडा गीतसङ्गीतका सर्जक प्रेम कोलीको उपचारका क्रममा निधन

डेउडा गीतसङ्गीतका सर्जक प्रेम कोलीको उपचारका क्रममा निधन

कार्तिक २८, २०८३
आज विश्व मधुमेह दिवस, ३५ वर्षपछि नियमित परीक्षण गर्न चिकित्सकको सुझाव

आज विश्व मधुमेह दिवस, ३५ वर्षपछि नियमित परीक्षण गर्न चिकित्सकको सुझाव

कार्तिक २८, २०८३
छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, व्रतालु निराहार व्रतमा

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, व्रतालु निराहार व्रतमा

कार्तिक २८, २०८३
बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, समयसीमा तोकियो

बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, समयसीमा तोकियो

कार्तिक २८, २०८३
विराटनगर र लुम्बिनी आज भिड्दै, विराटनगर पराजित भए प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लाग्ने

विराटनगर र लुम्बिनी आज भिड्दै, विराटनगर पराजित भए प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लाग्ने

कार्तिक २८, २०८३
बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन

बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन

कार्तिक २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व