Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

छठ पर्व आजदेखि सुरु, व्रतालुहरू पूजाको तयारीमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २६, २०८३
छठ पर्व आजदेखि सुरु, व्रतालुहरू पूजाको तयारीमा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । मिथिलाञ्चलसहित तराईका विभिन्न क्षेत्रमा श्रद्धा, निष्ठा र भक्तिभावका साथ मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पाँच दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरूले शुद्धता र पवित्रतालाई विशेष ध्यान दिँदै व्रतको तयारी सुरु गरेका छन्। यस दिन व्रतालुहरूले माछा तथा कोदोबाट बनेका खाद्य परिकार त्याग्ने परम्परा रहेको छ।

छठ पर्वको दोस्रो दिन अर्थात् भोलि नहाय–खाय विधि गरिन्छ। यस दिन व्रतालुहरूले स्नान गरी चोखो तथा शुद्ध भोजन ग्रहण गर्ने परम्परा छ। त्यसैगरी, तेस्रो दिन दिनभर उपवास बसेर साँझ सख्खरमा पकाइएको खिर कुलदेवता तथा छठी मातालाई अर्पण गरी खरना विधि सम्पन्न गरिन्छ।

पर्वको मुख्य आकर्षण चौथो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नु हो। यसलाई ‘साँझको अर्घ्य’ भनिन्छ। यस दिन दिनभर निर्जल उपवास बसेका व्रतालुहरूले ठेकुवा, भुसुवा लगायतका परम्परागत प्रसाद सामग्री बाँसका डालो तथा सुपलीमा सजाएर नदी, पोखरी र जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्।

त्यसैगरी, पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएपछि छठ व्रत समापन गरिन्छ। यस विधिलाई ‘पारणा’ भनिन्छ। पूजा सम्पन्न भएपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्ने तथा परिवारजन, आफन्त र इष्टमित्रलाई प्रसाद वितरण गर्ने परम्परा रहेको छ।

छठ पर्वलाई लक्षित गर्दै विभिन्न स्थानीय तह तथा समुदायले छठघाट निर्माण, सरसफाइ र व्यवस्थापनका कामलाई तीव्रता दिएका छन्। विशेषगरी मिथिलाञ्चल क्षेत्रमा दीपावलीलगत्तै मनाइने छठ पर्वलाई धार्मिक आस्था, पारिवारिक सुख–समृद्धि, स्वास्थ्य र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द
फ्ल्यास हेडिङ

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

मंसिर ३, २०८३
तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह
अन्तर्राष्ट्रिय राजनीति

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

मंसिर ३, २०८३
दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने
फ्ल्यास हेडिङ

दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

मंसिर ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

मंसिर ३, २०८३
तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

मंसिर ३, २०८३
दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

मंसिर ३, २०८३
दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

मंसिर ३, २०८३
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोली सहभागी हुने

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोली सहभागी हुने

मंसिर ३, २०८३
प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले घट्यो

मंसिर ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व