दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा भूमि प्रशासन सेवा औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकामै सेवा उपलब्ध भएपछि स्थानीय नागरिकलाई जग्गा तथा भूमि प्रशासनसम्बन्धी काम गर्न सहज हुने अपेक्षा गरिएको छ।
सेवा शुभारम्भकै दिन अपिहिमाल गाउँपालिका–५ का जगत धामीले आफ्ना पिता कालो धामीबाट वकसपत्रमार्फत जग्गा हस्तान्तरण गरी लिखत पारित गराएका छन्। उनी यस सेवाबाट पहिलोपटक लाभ लिने सेवाग्राही बनेका छन्। गाउँपालिकाले जगत र उनका पिता कालो धामीलाई सम्मानसमेत गरेको छ।

स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध भएपछि जग्गासम्बन्धी कामका लागि अन्यत्र जानुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ।
नेपाल सरकारको गत वैशाख १० गतेको निर्णयअनुसार सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने अपिहिमाल दार्चुला जिल्लाकै पहिलो पालिका बनेको छ।











Discussion about this post