Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ५, २०८३
‘नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा सामाजिक विकास तथा अनुसन्धान केन्द्रद्वारा जनकपुरधाममा आज आयोजित ‘नेपाल–भारत सम्बन्धको वर्तमान अवस्था’ विषयक विचार गोष्ठीमा मुख्यमन्त्री यादवले दुई देशबीचको सम्बन्ध केवल सरकार स्तरमा सीमित नभई जनस्तरमा समेत गहिरो रहेको बताए । नेपाल र भारतबीच धार्मिक, भाषिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको र यसलाई अझ मजबुत बनाउन निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।

मुख्यमन्त्री यादवले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सीमावर्ती क्षेत्रमा पूर्वाधार विकास, व्यापार, शिक्षा, स्वास्थ्य तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । मधेस प्रदेश भारतसँग प्रत्यक्ष सीमा जोडिएको प्रदेश भएकाले दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा प्रदेशको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।

मधेस प्रदेशको समृद्धि र विकासका लागि भारत सरकार तथा भारतीय निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने मुख्यमन्त्री यादवले बताए । कृषि, उद्योग, व्यापार तथा पूर्वाधारका क्षेत्रमा लगानी बढाउन सके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने उनको धारणा थियो ।

मुख्यमन्त्री यादवले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतबीचको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उपयोग गर्नुपर्ने बताए । जनकपुरधाम र भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रबीचको सम्बन्धलाई पर्यटनसँग जोडेर दुवै देशका नागरिकबीचको आवागमन र सम्पर्क बढाउन सकिने उनले उल्लेख गरे । जनकपुरधाममा भारतसँगको सांस्कृतिक सहकार्यमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

त्यसैगरी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि दुई देशबीच सहकार्य विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिए । मधेस प्रदेशमा स्वास्थ्य शिक्षाको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादन र प्रविधिको विस्तारमा भारतलगायत विकास साझेदारको सहयोग उपयोगी हुने उनको भनाइ थियो ।

कार्यक्रममा वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका प्रमुख देवीसहाय मिनाले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र सहकार्यका आधारमा थप मजबुत बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताइन् । उनले नेपालको भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर भारत सरकारको सहयोग रहने बताउँदै नेपालको विकास र समृद्धिमा भारत सरकारको साथ रहने बताइन् ।

कार्यक्रममा पूर्वमन्त्रीद्वय रामचन्द्र झा र डा सुरेन्द्र यादव, मधेस प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झालगायतले सीमावर्ती क्षेत्रका नागरिकका साझा समस्या समाधान, व्यापार तथा आवागमन सहजता, शिक्षा, स्वास्थ्य, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताए। कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिकर्मी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला
फ्ल्यास हेडिङ

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

भदौ ५, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त
फ्ल्यास हेडिङ

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

भदौ ५, २०८३
युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने
फ्ल्यास हेडिङ

युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

भदौ ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

संघीयता बलियो बनाउन कानुन र अधिकार बाँडफाँड आवश्यकः सांसद कोइराला

भदौ ५, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल नियुक्त

भदौ ५, २०८३
युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

युरोपकै पहिलो रोबोट्याक्सी सेवा सुरु, उबरमार्फत बुकिङ गर्न सकिने

भदौ ५, २०८३
गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

गलैनाथ स्वामीको पुण्यभूमिमा भाद्र १ गतेदेखि सप्ताह ज्ञान महायज्ञ

भदौ ५, २०८३
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

भदौ ५, २०८३
रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार मनोनयन छलफल

रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार मनोनयन छलफल

भदौ ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व