काठमाडौं – नेपालको अग्रणी अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीलाई संस्थाको ५०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वर्ण उत्सव संस्करण’का रूपमा भव्यरूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ वटा ब्रान्डका पेसेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन तथा १० वटा वित्तीय तथा बीमा सेवा प्रदायकको सहभागिता रहनेछ । त्यस्तै, ७० वटा स्टलमा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायत अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सामग्री प्रदर्शन गरिनेछ । यसपटक नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै ल्युब, ब्याट्री, हेल्मेटलगायत स्थानीय रूपमा उत्पादित सामग्रीको विशेष प्रवर्द्धनसमेत गरिने आयोजकले जनाएको छ ।
अवलोकनकर्ताको सहजताका लागि प्रदर्शनीस्थलमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था










Discussion about this post