Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेसभित्र नयाँ शक्ति समीकरण, देउवाको साथ खड्कालाई कि कोइरालालाई?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३, २०८३
कांग्रेसभित्र नयाँ शक्ति समीकरण, देउवाको साथ खड्कालाई कि कोइरालालाई?
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको आदेश दिएपछि उत्साहित बनेको शेरबहादुर देउवा पक्षले राष्ट्रिय भेलामार्फत शक्ति प्रदर्शन गरेको छ। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी भए। उनी भेला सुरु हुनुभन्दा एक दिनअघि मात्र स्वदेश फर्किएका थिए। देउवाको स्वागतका लागि संस्थापन इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। देउवा स्वदेश नफर्किएको भए भेलाका संयोजक डा। शशांक कोइराला प्रमुख अतिथि बन्ने तयारीमा थिए। तर, देउवा सहभागी भएपछि भेलाको नेतृत्व र शक्ति समीकरणमा समेत नयाँ संकेत देखिएको छ।

यसअघि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्वउपसभापति पूर्णबहादुर खड्का संस्थापन इतर समूहको गतिविधिमा नेतृत्वदायी भूमिकामा थिए। पार्टी विभाजनको सम्भावना रहेसम्म राष्ट्रिय भेलामा समेत सहभागी नहुने अडानमा रहेका खड्का सर्वोच्च अदालतको पुनरावलोकन आदेशपछि पार्टी विभाजनको बाटो तत्काल नखुलेपछि भेलामा सहभागी भएका थिए। खड्कालाई भेलामा सहभागी गराउन डा। शशांक कोइराला र नेता एनपी साउद उनको निवास पुगेका थिए। पार्टी एकता कायम रहने सुनिश्चितता भए आफू भेलामा सहभागी हुने खड्काले उनीहरूलाई बताएका थिए। त्यसपछि खड्का भेलाको उद्घाटन कार्यक्रममा सहभागी भए। तर, भेलाको समापनका दिन भने खड्का सहभागी भएनन्। त्यही भेलाले पूर्वमहामन्त्री डा। शशांक कोइरालालाई संस्थापन इतर समूहको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ। भेलाको निर्णयमा १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले समन्वय गर्ने उल्लेख गरिएको छ।

यो निर्णयले संस्थापन इतर समूहमा खड्काको तुलनामा कोइरालाको राजनीतिक भूमिका बढेको देखिएको छ। यसअघि समूहको बैठक आह्वानदेखि अदालती प्रक्रिया र राष्ट्रिय भेला आयोजनासम्म खड्का सक्रिय थिए। तर, अब महाधिवेशनसम्म समूहका गतिविधि समन्वय गर्ने जिम्मेवारी कोइरालाले पाएका छन्। यद्यपि, संस्थापन इतरका केही नेताहरूले खड्काको जिम्मेवारी खोसिएको भन्ने व्याख्या सही नभएको दाबी गरेका छन्। नेता गुरु बरालले खड्का कार्यवाहक सभापतिको भूमिकामै रहेको र डा। कोइरालालाई महाधिवेशनसम्बन्धी कामको संयोजनको जिम्मेवारी दिइएको बताएका छन्।

खड्काको अनुपस्थितिलाई भने कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। संस्थापन इतरका एक नेताका अनुसार समूहले गर्ने गतिविधिको नेतृत्व गर्ने अधिकार आफूमा नरहेपछि खड्का समापन कार्यक्रममा सहभागी नभएका हुन्। उनका अनुसार देउवा सक्रिय राजनीतिमा नरहेको अवस्थामा समूहको नेतृत्व खड्काले गर्नु स्वाभाविक भए पनि पछिल्लो निर्णयले त्यो भूमिका कोइरालातर्फ सरेको छ। यसअघि संस्थापन इतर समूहले काठमाडौंको चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरेको थियो। कार्यालय स्थापनामा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा। प्रकाशशरण महतलगायतका नेताहरू सक्रिय थिए। दोस्रो तहका नेताहरू मीन विश्वकर्मा, मोहन बस्नेत र कान्छाराम तामाङलगायत पनि कार्यालय स्थापनामा सक्रिय थिए।

पार्टी विभाजन गर्ने उद्देश्य भए सम्पर्क कार्यालयमा सहभागी नहुने अडान खड्काले लिएका थिए। पार्टी विभाजन नगर्ने प्रतिबद्धता भएपछि उनी कार्यालय उद्घाटनमा सहभागी हुन सहमत भएका थिए। त्यसक्रममा संस्थापन इतर समूहको नेताका रूपमा डा। शशांक कोइरालालाई अघि सारिएको थियो। पूर्वपदाधिकारी विमलेन्द्र निधिले त्यसबेला कोइरालालाई सर्वसम्मत रूपमा समूहको संयोजक तथा नेता चयन गरिएको बताएका थिए। राष्ट्रिय भेलाले पनि कोइरालालाई थप औपचारिक जिम्मेवारी दिएपछि संस्थापन इतर समूहको नेतृत्वमा उनको भूमिका अझ बलियो बनेको छ।

देउवाका विश्वासपात्रका रूपमा लामो समयदेखि साथ दिँदै आएका खड्का विगतमा यही समूहबाट कार्यवाहक सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री हुँदै केन्द्रीय सदस्यसम्म बनेका थिए। पछिल्लो राजनीतिक परिस्थितिमा भने उनको भूमिका केही सीमित भएको देखिएको छ। विशेष महाधिवेशनको विषयमा पनि खड्का लामो समयदेखि संस्थापन इतर समूहको नेतृत्वमा थिए। विशेष महाधिवेशनलाई अवैध ठहर गर्न माग गर्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मको प्रक्रियामा उनी अग्रपंक्तिमा थिए। तर, अब सर्वोच्च अदालतबाट संस्थापन इतरको पक्षमा आदेश आए पनि महाधिवेशन तयारीको जिम्मेवारी कोइरालाको काँधमा जाने अवस्था बनेको छ।

यद्यपि, खड्का निकट नेताहरू भने उनी पार्टी विभाजनको विपक्षमा रहेकाले मात्र पछिल्लो गतिविधिमा संयमित देखिएको बताउँछन्। नेता रामहरि खतिवडाले खड्काका लागि पदभन्दा पार्टी एकता महत्वपूर्ण रहेको दाबी गरेका छन्। पार्टीभित्र कार्यवाहक सभापतिको भूमिकालाई लिएर खड्कामाथि यसअघि पनि प्रश्न उठ्दै आएको थियो। देउवा उपचारका लागि विदेशमा रहँदा केन्द्रीय समिति बैठक लामो समयसम्म निष्कर्षविहीन बनेको आरोप उनीमाथि लागेको थियो। पार्टी विभाजन रोक्न र एकताको पक्षमा उभिँदा आफूले पार्टीभित्रैबाट आलोचना खेप्नुपरेको खड्काले राष्ट्रिय भेलामा बताएका थिए।

अब भने खड्का आगामी महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा जुट्ने संकेत उनका निकट नेताहरूले दिएका छन्। संस्थापन इतर समूहको नेतृत्व औपचारिक रूपमा कोइरालातर्फ सरे पनि खड्काले आफ्नै राजनीतिक भविष्यका लागि छुट्टै रणनीति अघि बढाउने सम्भावना देखिएको छ। यससँगै कांग्रेसको संस्थापन इतर समूहमा देउवाको विश्वासपात्र खड्काको प्रभाव घट्दै गएको हो वा महाधिवेशन केन्द्रित नयाँ शक्ति समीकरणको तयारी भइरहेको हो भन्ने प्रश्नसमेत उठेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नाडा अटो शोको तयारी तीव्र, २ लाख दर्शक आउने अपेक्षा
अर्थ/ब्यापार

नाडा अटो शोको तयारी तीव्र, २ लाख दर्शक आउने अपेक्षा

भदौ ३, २०८३
साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए
रोजगार

साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

भदौ ३, २०८३
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

देशभर मौसम बदली, पाँच प्रदेशमा भारी वर्षाको जोखिम

भदौ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नाडा अटो शोको तयारी तीव्र, २ लाख दर्शक आउने अपेक्षा

नाडा अटो शोको तयारी तीव्र, २ लाख दर्शक आउने अपेक्षा

भदौ ३, २०८३
साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

भदौ ३, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

भदौ ३, २०८३
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली, पाँच प्रदेशमा भारी वर्षाको जोखिम

भदौ ३, २०८३
कांग्रेसभित्र नयाँ शक्ति समीकरण, देउवाको साथ खड्कालाई कि कोइरालालाई?

कांग्रेसभित्र नयाँ शक्ति समीकरण, देउवाको साथ खड्कालाई कि कोइरालालाई?

भदौ ३, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व