काठमाडौं । निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण मतदाता नामावलीबाट अद्यावधिक गर्न आग्रह गरेको छ।
मतदाता नामावलीलाई अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा विवरण अद्यावधिक गर्नुपर्ने भन्दै आयोगले नागरिकसँग सहयोगका लागि आग्रह गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन अनुरोध गरिएको छ।
विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले यस कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने आयोगले विश्वास व्यक्त गरेको छ।










Discussion about this post