Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेसलाई मधेशमा पुनः मजबुत बनाउन मनिष मिश्र जुटे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १, २०८३
कांग्रेसलाई मधेशमा पुनः मजबुत बनाउन मनिष मिश्र जुटे
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका मनिष कुमार मिश्र पछिल्लो समय नेपाली कांग्रेसलाई मधेशमा पुनः बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियानमा सक्रिय भएका छन्।

मिश्रले आफ्नो राजनीतिक यात्रा मधेशवादी राजनीतिबाट सुरु गरेका थिए। तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै राजपा, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका मिश्र पछिल्लो समय नेपाली कांग्रेससँग जोडिएका हुन्।

मिश्रले सर्लाही–४ लाई आफ्नो राजनीतिक गतिविधिको मुख्य क्षेत्र बनाउँदै संगठन निर्माण तथा जनसम्पर्क विस्तार गर्दै आएका थिए। संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारी गरिरहेका बेला पार्टीले बाहिरबाट आएका उम्मेदवारलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए।

त्यसपछि उनले सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको उम्मेदवारीलाई समर्थन गर्दै कांग्रेससँग राजनीतिक सहकार्य अघि बढाएका हुन्।

‘मधेश र कांग्रेसको सम्बन्ध पुनः बलियो बनाउनुपर्छ’

मिश्रका अनुसार मधेशमा कुनै समय नेपाली कांग्रेसको बलियो जनाधार रहेको थियो। तर मधेशका मुद्दाप्रति तत्कालीन नेतृत्वको दृष्टिकोणका कारण कांग्रेसको प्रभाव कमजोर भएको उनको बुझाइ छ।

पछिल्लो नेतृत्वले मधेशप्रतिको दृष्टिकोण परिवर्तन गरेको र मधेशका अधिकार तथा विकासका सवालमा कांग्रेस थप जिम्मेवार भएर अघि बढ्न थालेको विश्वासका आधारमा आफू कांग्रेसमा जोडिएको मिश्रको भनाइ छ।

वि.सं. २०८२ फागुन २ गते छतौना हाईस्कुलको प्रांगणमा आयोजित कार्यक्रममा मिश्रसहित लोसपा नेपाल र जसपा नेपालबाट आएका ठूलो संख्याका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस प्रवेश गरेका थिए।

नवप्रवेशीलाई जिम्मेवारी दिन समायोजन समिति

कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई संगठनात्मक जिम्मेवारी व्यवस्थापन गर्न पार्टीले तीन सदस्यीय समायोजन समिति गठन गरेको छ। समितिको संयोजकमा अर्जुननरसिंह केसी तथा सदस्यमा उज्ज्वल प्रसाद बराल र प्रदीपराज शर्मा रहेका छन्।

समितिले नवप्रवेशीहरूको राजनीतिक पृष्ठभूमि, संगठनात्मक भूमिका तथा स्थानीय प्रभावका आधारमा जिम्मेवारी व्यवस्थापनको काम अघि बढाइरहेको छ।

मधेशका २२ जिल्लामा संगठन विस्तारको दाबी

हाल काठमाडौंमा रहेर मधेशमा कांग्रेसको संगठन विस्तार तथा सुदृढीकरणको गृहकार्य गरिरहेको मिश्रले बताएका छन्। उनका अनुसार मधेशका विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग निरन्तर छलफल भइरहेको छ।

मिश्रले मेचीदेखि महाकालीसम्मको तराई–मधेश क्षेत्रमा कांग्रेसको संगठनलाई बलियो बनाउने लक्ष्य रहेको बताएका छन्।

उनका अनुसार मधेशका २२ जिल्लाबाटै प्रभावशाली नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न इच्छुक छन्। समायोजन प्रक्रिया केही ढिलो भएका कारण तत्काल ठूलो संख्यामा पार्टी प्रवेश हुन नसकेको उनको दाबी छ।

युवालाई जोड्ने रणनीति

मिश्रले नयाँ पुस्ता तथा ‘जेनेरेसन–जी’ युवालाई कांग्रेसको राजनीतिक अभियानमा जोड्नुपर्नेमा पनि जोड दिएका छन्। परम्परागत राजनीतिक शैलीभन्दा फरक अपेक्षा राख्ने युवालाई पार्टीको संगठन र नेतृत्वसँग जोड्न नयाँ ढंगको राजनीतिक अभियान आवश्यक रहेको उनको भनाइ छ।

मिश्रका अनुसार अबको प्राथमिकता मधेशमा कांग्रेसको संगठन विस्तार, युवा पुस्तालाई पार्टीमा जोड्ने, मधेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउने तथा स्थानीय तहदेखि प्रदेश र संघसम्म पार्टीलाई बलियो बनाउने रहेको छ।

मिश्रको सक्रियतासँगै मधेशमा अन्य मधेशवादी दलका नेता–कार्यकर्तालाई कांग्रेसमा जोड्ने अभियानले गति लिने दाबी गरिएको छ। आगामी दिनमा हुने पार्टी प्रवेश र संगठनात्मक समायोजनले कांग्रेसको मधेश राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित
मुख्य समाचार

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
मुख्य समाचार

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व