नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तीन ठूला दल मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्ताव जनादेश र लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन्।
आइतबार ललितपुरमा आयोजित बीपी स्मृति सप्ताह उद्घाटन कार्यक्रममा उनले प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउने कुनै पनि अभ्यास स्वीकार्य नहुने स्पष्ट पारे। कांग्रेसले अब सत्ताका लागि सिद्धान्तमा सम्झौता नगर्ने भन्दै थापाले विगतका कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरे।
उनले चुनावी गठबन्धन र सत्ता समीकरणको अस्थिरताले राजनीतिक दलहरूको पहिचानसमेत कमजोर बनेको टिप्पणी गरे।










Discussion about this post