उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट गर्दै १०१.६० प्रतिशत प्रगति हासिल गरेको छ।
अदालतका अनुसार कुल ६,५१६ मुद्दामध्ये ४,६१९ मुद्दा (७०.८८ प्रतिशत) फस्र्यौट गरिएको छ। पुराना मुद्दालाई प्राथमिकता दिँदै १८ महिनाभन्दा बढी र दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा झार्न अदालत सफल भएको कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिएका छन्।
अदालतले चालु आर्थिक वर्षका लागि तय गरेको ४,५४६ मुद्दा फस्र्यौट गर्ने लक्ष्य पनि पार गर्दै कार्यसम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।










Discussion about this post