काठमाडौं । जापानको मी प्रान्तको तटीय क्षेत्रमा आइतबार बिहान ६.० रेक्टर स्केलको भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु समुद्र सतहबाट ३५२ किलोमिटर गहिराइमा रहेको थियो। केन्द्रविन्दु मी प्रान्तको राजधानी त्सुबाट करिब ११० किलोमिटर दक्षिणमा परेको हो।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन। हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण पनि प्राप्त भएको छैन।
जापान भूकम्पको उच्च जोखिममा रहेको देश हो। सन् २०११ को शक्तिशाली भूकम्प र सुनामीमा १८ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।










Discussion about this post