Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ट्रेड युनियन खारेज गर्ने अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २९, २०८३
ट्रेड युनियन खारेज गर्ने अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने गरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको बहुमतको रायमा यस्तो आदेश जारी भएको हो । संवैधानिक इजलासमा रहेका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले भने तत्काल अन्तरिम आदेश दिन आवश्यक नरहेको भन्दै फरक मत राख्नुभएको छ ।

सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन, २०४९ संशोधन गर्दै कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएको थियो । अध्यादेशमा ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरी त्यसको सट्टा निजामती कर्मचारीको गुनासो सुनुवाइ प्रणाली कायम गर्ने प्रावधान राखिएको थियो । गत वैशाख २० गते अध्यादेश जारी भएपछि वैशाख २२ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको थियो । त्यसपछि वैशाख २३ गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ट्रेड युनियन खारेज भएको सूचना सार्वजनिक गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालसहितले राष्ट्रपति कार्यालय शीतल निवासलाई समेत विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । संवैधानिक इजलासले रिटमा उठाइएका विषयबारे आदेश किन जारी गर्न नपर्ने हो भन्ने आधारसहित बाटाको म्याद बाहेक सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकारलाई कारण देखाउ आदेश दिएको छ ।

अदालतले आदेशमा ट्रेड युनियनसम्बन्धी व्यवस्था संविधानले प्रत्याभूत गरेको सङ्घ(संस्था खोल्ने स्वतन्त्रता तथा ट्रेड युनियन गठन र सामूहिक सौदाबाजी गर्ने अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा अन्तिम निर्णय गर्न सर्वोच्च अदालतले दुवै पक्षलाई जेठ ६ गते छलफलका लागि बोलाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो
पर्यटन समाचार

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
फ्ल्यास हेडिङ

देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

साउन १७, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३
कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

कञ्चनपुरमा ‘सार्क इंगलिश इमर्जन फेस्टिभल-२०८३’ सोमबारदेखि सुरु हुँदै

साउन १७, २०८३
देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

साउन १७, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व