Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख १४, सोमबार २३:२४
सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिसैया, कञ्चनपुरको आयोजनामा एक दिने बाख्रा पालन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाले आफ्ना ६५ जना सदस्यहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको जनाएको छ।

कार्यक्रमको सभाध्यक्ष संस्थाका सदस्य शान्ती मल्ल रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा वेदकोट नगरपालिका–६ का वडा अध्यक्ष तुलसी राना उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष रानाले बाख्रा पालन ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमले कृषकलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुग्ने बताउनुभयो।

उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्दै व्यवसायिक रूपमा बाख्रा पालनतर्फ अघि बढ्न प्रेरित गर्नुभयो। साथै आधुनिक प्रविधि र व्यवस्थापन अपनाएर बाख्रा पालन गर्दा राम्रो आम्दानी गर्न सकिने भएकाले महिलाहरूको समेत सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

संस्थाका अनुगमन अधिकृत कविन्द्र शाहीले सदस्यहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाका शाखामार्फत तरकारी तथा बाख्रा पालनसम्बन्धी तालिमहरू सञ्चालन भइरहेका छन्।

तालिममा सहभागी गोमती टमटाले बाख्रा पालनको महत्व, उन्नत जात छनोट, आहार व्यवस्थापन, खोर निर्माण, सरसफाइ तथा रोग पहिचान र उपचारसम्बन्धी उपयोगी ज्ञान प्राप्त भएको बताउनुभयो। उहाँले सिकेका सीप अन्य सदस्यहरूसँग पनि साझा गर्ने र व्यवसायिक रूपमा बाख्रा पालन गर्ने योजना रहेको उल्लेख गर्नुभयो।

अर्की सहभागी शान्ती चन्दले तालिम अत्यन्तै लाभदायक रहेको र नयाँ ज्ञान हासिल गर्न पाएको प्रतिक्रिया दिनुभयो।

कार्यक्रममा कृषि प्राविधिकहरूले सहजीकरण गर्दै व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए। संस्थाका प्रतिनिधिहरूले यस्ता सीपमूलक तालिमहरूले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्नुका साथै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८३ बैशाख १४, सोमबार २३:२४
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
फ्ल्यास हेडिङ

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८३ बैशाख १४, सोमबार २३:२४
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता
फ्ल्यास हेडिङ

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८३ बैशाख १४, सोमबार २३:२४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८३ बैशाख १४, सोमबार २३:२४
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८३ बैशाख १४, सोमबार २३:२४
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८३ बैशाख १४, सोमबार २३:२४
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८३ बैशाख १४, सोमबार २३:२४
पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

२०८३ बैशाख १४, सोमबार २३:२४
यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

२०८३ बैशाख १४, सोमबार २३:२४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व