Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्रिकेट रंगशाला सहित अतिक्रमित जग्गा खाली गर्न त्रिविको ३५ दिने अल्टिमेटम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १४, २०८३
क्रिकेट रंगशाला सहित अतिक्रमित जग्गा खाली गर्न त्रिविको ३५ दिने अल्टिमेटम
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशालासहित अतिक्रमित जग्गा खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । विश्वविद्यालयले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै सो अवधिभित्र सबै संरचना खाली गर्न आग्रह गरेको हो । सोही सूचनाअनुसार त्रिविले आफ्नो जग्गा प्रयोग गरिरहेका विभिन्न निकायलाई छुट्टाछुट्टै पत्राचार गरेको छ । नेपाल क्रिकेट संघलाई पनि पत्र पठाइएको छ । त्रिवि र क्यानबीचको सम्झौता यही वैशाख अन्तिममा सकिँदैछ ।

त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाका अनुसार अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत १८ वटा संघ–संस्थालाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिइएको छ । यो निर्णय विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनका आधारमा गरिएको हो ।

त्रिविका एक पदाधिकारीका अनुसार ठूला खेलकुद कार्यक्रमका कारण लामो समयसम्म अध्ययन–अनुसन्धान प्रभावित भएको भन्दै यसपटक क्यानसँग सम्झौता नवीकरण नगर्ने तयारी गरिएको छ । यता क्यानका प्रवक्ता छुम्बी लामाले भने आफूहरूले औपचारिक पत्र नपाएको बताएका छन् । क्यानको बोर्ड बैठकले भने त्रिविसँगको करार अवधि थप गर्न राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसँग पहल गर्ने निर्णय गरिसकेको छ ।

यसैबीच सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रूपमा विकास गर्ने गुरुयोजना स्वीकृत गरिसकेको छ । उक्त योजना अनुसार रंगशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर त्रिविले मैदान खाली गर्न निर्देशन दिएपछि निर्माण प्रक्रिया अन्योलमा परेको छ । त्रिविको प्रतिवेदनअनुसार कीर्तिपुर क्षेत्रमा मात्रै करिब एक हजार रोपनी जग्गा अतिक्रमण भएको देखिएको छ । अतिक्रमणमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी
फ्ल्यास हेडिङ

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी

जेष्ठ २४, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
फ्ल्यास हेडिङ

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

जेष्ठ २९, २०८३
“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

जेष्ठ २९, २०८३
कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

जेष्ठ २९, २०८३
क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

जेष्ठ २९, २०८३
विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व