Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा परीक्षार्थीहरूको विदाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २०, २०८२
थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा परीक्षार्थीहरूको विदाई
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । महेन्द्रनगरमा सञ्चालित ‘थर्ड आई करियर डेभलपमेन्ट सेन्टर’ ले सुरक्षा निकायको तयारी कक्षा पूरा गरेका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच विदाई गरेको छ। आगामी परीक्षामा सहभागी हुन लागेका युवाहरूलाई सफलताको शुभकामना दिन र उनीहरूको मनोबल उच्च राख्न उक्त विदाई कार्यक्रमको आयोजना गरिएको हो।

सेन्टरका सञ्चालक चेत राज पन्तले सुदूरपश्चिमका पहाडी जिल्ला र स्थानीय विद्यार्थीहरू अब लोकसेवा तथा सुरक्षा निकायको तयारीका लागि महँगो खर्च गरेर काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो। सञ्चालक पन्तका अनुसार धनगढीमा झण्डै ६०० भन्दा बढी विद्यार्थीलाई अध्यापन गराइरहेको र हालसम्म ६ हजारभन्दा बढी विद्यार्थीहरूलाई सफल बनाइसकेको अनुभवका साथ अब महेन्द्रनगरमा पनि उत्कृष्ट सेवा प्रदान भइरहेको छ। नेपालभरिमै सबैभन्दा धेरै परीक्षार्थी सफल गराएको दाबी गर्दै उहाँले सुदूरपश्चिमका युवाहरूलाई निजामती र सुरक्षा दुवै सेवामा प्रवेश गराउन यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सेन्टरले आफ्नो भविष्य र करियरका विषयमा अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सेन्टरले निःशुल्क करियर काउन्सिलिङ (परामर्श) समेत प्रदान गर्दै आइरहेको छ। त्यस्तै जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था समेत रहेको सेन्टरले जनाएको छ।

विद्यार्थी महेश सिंह साउदले यहाँको अनुभवी प्रशिक्षक र गुणस्तरीय शिक्षण सामग्रीका कारण आफूमा आत्मविश्वास बढेको बताउनुभयो। उहाँका अनुसार काठमाडौँका ठूला इन्स्टिच्युटमा पाइने जस्तै सेवा र मार्गदर्शन महेन्द्रनगरमै पाउँदा तयारी गर्न निकै सहज भएको छ।

त्यस्तै, विद्यार्थी राजेन्द्र साउदले सेन्टरले उपलब्ध गराएको नियमित परीक्षा र फिडब्याक कक्षाले आफ्नो कमजोरी सुधार्न मद्दत पुगेको उल्लेख गर्नुभयो। विद्यार्थी रेखा धामीले महिला तथा जेहेन्दार विद्यार्थीका लागि संस्थाले गरेको प्रोत्साहन र छात्रवृत्तिको व्यवस्था सह्रानीय रहेको बताउनुभयो।

यस्तै विद्यार्थी दीपक सिंह महताले यहाँको शान्त वातावरण र अनुभवी शिक्षकहरूको प्रत्यक्ष निगरानीमा पढ्न पाउनु सुदूरपश्चिमका युवाहरूका लागि ठूलो अवसर भएको बताउनुभयो। अर्का विद्यार्थी प्रचण्ड सिंह धामीले करियर काउन्सिलिङ र सही मार्गनिर्देशनले गर्दा अब सुरक्षा निकायमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा हुनेमा आफू ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो।

गुणस्तरीय शिक्षण सामग्री र अनुभवी शिक्षकहरूको मार्गदर्शनले गर्दा यसपटक पनि महेन्द्रनगरबाट उल्लेख्य संख्यामा परीक्षार्थीहरू सफल हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व