Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा डिजिटल मार्केटिङ तालिम सुरु: ४० जना युवा सहभागी

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र २०, २०८२
वेदकोटमा डिजिटल मार्केटिङ तालिम सुरु: ४० जना युवा सहभागी
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा नगर भित्रका युवाहरूलाई प्रविधिसँग जोड्दै स्वरोजगार बनाउने उद्देश्यका साथ डिजिटल मार्केटिङ तालिम सुरु भएको छ। बिहीबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो।

नगरपालिकाद्वारा आयोजित उक्त तालिम ‘साक डिजिटल युनिभर्सिटी प्रालि’ को प्राविधिक सहकार्यमा सञ्चालन भइरहेको छ। तालिममा नगर भित्रका ४० जना युवाहरूको सहभागिता रहेको छ।

तालिमको प्राविधिक पक्षबारे जानकारी दिँदै साक डिजिटल युनिभर्सिटी प्रालिका प्रबन्ध निर्देशक गणेश दत्त जोशीले २० दिनको अवधिमा सहभागीहरूलाई डिजिटल बजारका विभिन्न आयामबारे सिकाइने बताउनुभयो। उहाँका अनुसार तालिममा विशेष गरी फेसबुक मार्केटिङ, युट्युब अप्टिमाइजेसन र ग्राफिक डिजाइन लगायतका आधारभूत तथा व्यावसायिक विषयहरूमा सघन प्रशिक्षण दिइनेछ। तालिमपछि सहभागीहरूले डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग गरी आफ्ना उत्पादन वा सीपलाई बजारसम्म पुर्‍याउन सक्षम निर्देशक जोशीले बताउनुभयो।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख भोजराज बोहराले अहिलेको सूचना र प्रविधिको युगमा युवाहरू डिजिटल रूपमा दक्ष हुनु अनिवार्य रहेको बताउनुभयो। युवाहरू प्रविधिसँग जोडिए मात्रै आधुनिक बजारमा प्रतिस्पर्धा गर्न र सक्षम बन्न सक्ने उल्लेख गर्दै उहाँले नगरवासीलाई आत्मनिर्भर बनाउन वडा र नगर स्तरबाट यस्ता सीपमूलक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो।

नगर प्रमुख बोहराले परम्परागत रोजगारीका अवसरहरू सीमित हुँदै गएको अवस्थामा डिजिटल मार्केटिङले युवाहरूलाई घरमै बसेर विश्वव्यापी बजारसँग जोडिने ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यावसायिक प्रयोगमा ल्याएर स्वरोजगार बन्न सहभागी युवाहरूलाई आग्रह समेत गर्नुभयो।

२० दिनसम्म चल्ने यस तालिममा सहभागीहरूलाई अनलाइन माध्यमबाट व्यवसाय विस्तार गर्ने र स्वरोजगार बन्ने प्रयोगात्मक विधिहरू सिकाइने आयोजकले जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशीले टुटाएको सडक सम्पर्क जोडियो

भदौ २६, २०८३
नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

नेपाललाई ग्रे लिस्टबाट निकाल्न सरकारको तीव्र पहल : अर्थमन्त्री वाग्ले

भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

भदौ २६, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमाथि छलफल हुने

भदौ २६, २०८३
आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

आज कुशेऔँशी पर्व, पितृ सम्झिँदै बाबुको सम्मान गर्ने दिन

भदौ २६, २०८३
कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व