कञ्चनपुर । सुदूरपश्चिम खबरका संवाददाता रवि भट्टले अनाथालयमा पुगेर आफ्नो जन्मदिन मनाएका छन्। बुधबार महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालबालिकाहरूलाई फलफूल तथा मिष्ठान्न वितरण गर्दै उनले जन्मदिन मनाएका हुन्।
तडकभडकपूर्ण खर्च गरेर जन्मदिन मनाउनुको साटो बालबालिकाहरूको बीचमा रहेर आत्मियता प्रदान गर्न पाउनु आफ्ना लागि अर्थपूर्ण रहेको भट्टले बताए। उनले सामाजिक उत्तरदायित्व महसुस गर्दै अनाथालय रोजेका बताएका छन्।










Discussion about this post