कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर-७ सुडामा रहेको ज्ञान बाटिका बोर्डिङ स्कुलले आफ्नो २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चन्दको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष महादेव प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो।
वि.सं. २०५३ सालमा स्थापना भएको यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र हाल यहाँ कक्षा १० सम्म ८०० विद्यार्थी अध्ययनरत रहेको तथा ४० जना शिक्षक-कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक महेन्द्र मल्ल ठकुरीले बताउनुभयो।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्यका साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। त्यस्तै शैक्षिक सत्रभरि विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो।
विद्यालयका शिक्षक शंकर राज मिश्रले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अभिभावक, शिक्षाप्रेमी तथा स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।










Discussion about this post