Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खेलमैत्री वडा बनाउँदै अध्यक्ष थापा : वडामा गरियो क्रिकेट एकेडेमीको उद्घाटन

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २५, २०८२
खेलमैत्री वडा बनाउँदै अध्यक्ष थापा : वडामा गरियो क्रिकेट एकेडेमीको उद्घाटन
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिका–११, महाकाली टोलमा स्थापित टेक बहादुर ओली स्मृति उद्यानमा क्रिकेट एकेडेमीको औपचारिक उद्घाटन गरिएको छ। जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्दको प्रमुख आतिथ्यमा एकेडेमीको उद्घाटन गरिएको हो।

वर्तमान समयमा युवाहरू लागूऔषध तथा विभिन्न दुव्र्यसनतर्फ आकर्षित भइहरने चुनौती बढिरहेको अवस्थालाई उल्लेख गर्दै, खेलकुद गतिविधिले युवालाई सकारात्मक दिशामा उन्मुख गराउने र दुव्र्यसन न्यूनीकरणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।

भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाले युवालाई खेलकुदमार्फत सशक्त बनाउँदै स्वस्थ समाज निर्माण गर्नु हाम्रो प्रमुख प्राथमिकता रहेको बताउनुभयो।क्रिकेट एकेडेमी स्थापनाले प्रतिभावान युवा खेलाडीलाई सही दिशा, मार्गदर्शन र अवसर प्रदान गर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो “टेक बहादुर ओली स्मृति उद्यानमा क्रिकेट एकेडेमीको औपचारिक उद्घाटन सम्पन्न भयो। यस एकेडेमीले क्रिकेटसँगै भलिबल र अन्य खेलका खेलाडीहरू उत्पादन गर्ने लक्ष्य राखेको छ।”

वडा अध्यक्ष थापाले आजका युवालाई गलत बाटोबाट जोगाई खेलकुदमा आकर्षित गर्न यस्ता पहल आवश्यक भएको बताउनुभयो। साथै उहाँले आगामी दिनमा पनि वडा कार्यालयले खेलपूर्वाधार तथा गतिविधिमा निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्दले कञ्चनपुरमा क्रिकेट खेलको विकासका लागि यस्ता आधारभूत एकेडेमी अत्यन्त आवश्यक भएको बताउनुभयो। उहाँले महाकाली टोलमा स्थापित यो एकेडेमीले स्थानीय युवालाई व्यावसायिक क्रिकेटतर्फ डोर्याउने महत्वपूर्ण भूमिक खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो “प्रतिभा गाउँ–टोलमै लुकेको हुन्छ, त्यसलाई पहिचान गरी उजागर गर्न यस्ता पहलले ठूलो मद्दत गर्दछ। जिल्ला क्रिकेट संघको तर्फबाट पनि आवश्यक समन्वय र प्राविधिक सहयोग निरन्तर जारी रहनेछ।”

एकेडेमी शुभारम्भसँगै ३० जना खेलाडीलाई पोसाक वितरण समेत गरिएको थियो। यसले युवा खेलाडीहरूलाई प्रोत्साहन मिल्ने र खेलक्षेत्रमा अझ सशक्त रूपमा अघि बढ्न प्रेरणा प्राप्त हुने आयोजकहरूको भनाइ छ।

वडा अध्यक्ष प्रकाश थापाले निर्वाचित भएदेखि नै वडामा डे–नाइट मेयर कपको सफल आयोजना गर्दै आएका छन्। त्यस्तै, प्रतिभावान खेलाडीहरूको हौसला अभिवृद्धि गर्न विभिन्न खेलकुद सामग्रीहरू वितरण गर्दै खेल पूर्वाधार र खेलमैत्री वातावरण निर्माणमा निरन्तर योगदान पुर्‍याउँदै आइरहेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३
ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन
Uncategorized

ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन

भदौ १, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी
Uncategorized

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

भदौ ७, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

भदौ ७, २०८३
विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व