Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्युबिटो नेपाल र नेप नोला एकीकृत: डिजिटल सोलुसन र नवप्रवर्तनमा नयाँ फड्को

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १०, २०८२
क्युबिटो नेपाल र नेप नोला एकीकृत: डिजिटल सोलुसन र नवप्रवर्तनमा नयाँ फड्को
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । डिजिटल सोलुसन तथा प्रविधि क्षेत्रमा सक्रिय दुई प्रमुख कम्पनीहरू क्युबिटो नेपाल प्रा. ली. र डिजिटल नवप्रवर्तनमा केन्द्रित नेप नोला बीच औपचारिक रूपमा विलय (मर्जर) सम्पन्न भएको छ।

माघ ८ गरे बिहीबार सम्पन्न बोर्ड बैठकको निर्णयअनुसार आपसी सहमति तथा शेयरधनी सम्झौता बमोजिम यो मर्जर प्रक्रिया पूरा भएको हो। मर्जरपछि दुवै कम्पनीको सम्पूर्ण व्यवसायिक गतिविधि, परियोजना, सफ्टवेयर प्रणाली, बौद्धिक सम्पत्ति, सद्भावना (गुडविल), डेटा तथा मानव स्रोतलाई क्युबिटो नेपाल प्रा. ली. मा पूर्ण रूपमा समाहित गरिएको छ।

अबदेखि कम्पनीका सबै सेवा र व्यवसायिक कार्यहरू ‘क्युबिटो नेपाल’ कै नामबाट सञ्चालन हुने आधिकारिक जानकारी दिइएको छ।

कम्पनीका अध्यक्ष शंकर चन्दले यो निर्णय डिजिटल क्षेत्रको वर्तमान आवश्यकता र भविष्यको चुनौतीलाई मध्यनजर गर्दै लिइएको बताउनुभयो। उहाँले दुई डिजिटल सोलुसन कम्पनी बीचको यो विलय प्रविधि क्षेत्रमा एक बलियो र सक्षम संस्था निर्माण गर्ने रणनीतिक कदम भएको उल्लेख गर्दै यसले सेवाको गुणस्तर र नवप्रवर्तन क्षमतालाई थप विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो। कम्पनीले यस मर्जरसँगै डिजिटल सेवा, सफ्टवेयर विकास र प्रणाली समाधानमा आफ्नो पकड अझ मजबुत बनाउने लक्ष्य राखेको छ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत तोयराज अवस्थीले डिजिटल क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच यो विलय कोशेढुङ्गा सावित हुने बताउनुभयो। क्युबिटो नेपाल र नेप नोलाका अनुभव र विशेषज्ञतालाई एकीकृत गर्दै अब अझ प्रभावकारी, विश्वसनीय र परिणाममुखी डिजिटल सेवा प्रदान गरिने उहाँको भनाइ रहेको छ।

प्रबन्ध निर्देशक सन्तोष बिष्टले पनि मर्जरपछि कम्पनीको प्राविधिक क्षमता दोब्बर भएको बताउँदै एकीकृत टिमले नयाँ सम्भावनाहरू सिर्जना गर्ने र यो कदम सेवाग्राही एवं साझेदार दुवैका लागि अत्यन्त सकारात्मक रहनेमा जोड दिनुभयो।बैठकबाट स्वीकृत नयाँ संगठनात्मक संरचना लागू भएसँगै कम्पनी अब नयाँ ऊर्जाका साथ अघि बढेको छ।

आगामी दिनमा क्युबिटो नेपालले डिजिटल सोलुसन, सफ्टवेयर विकास, वेब तथा मोबाइल प्रणाली, शिक्षा प्रविधि लगायतका क्षेत्रमा अत्याधुनिक र नयाँ प्रविधिमैत्री कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ।

यस मर्जरले नेपालको प्रविधि बजारमा एक सक्षम र प्रतिस्पर्धी डिजिटल हबको रूपमा क्युबिटो नेपाललाई स्थापित गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व