Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हेर्नुहोस् राजीनामा दिने जनप्रतिनिधिहरूको पूर्ण सूची

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ८, २०८२
हेर्नुहोस् राजीनामा दिने जनप्रतिनिधिहरूको पूर्ण सूची
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि विभिन्न तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छन्। निर्वाचन आयोगको आचारसंहिता र संवैधानिक व्यवस्थाअनुसार लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्नुअघि अनिवार्य रूपमा राजीनामा दिनुपर्ने प्रावधानअनुसार कुल ३७ जना जनप्रतिनिधिले आफ्नो पद त्यागेका हुन्।

राजीनामा दिनेमा ४ जना संघीय मन्त्री, ३ जना राष्ट्रिय सभा सदस्य, १४ जना प्रदेशसभा सदस्य र १६ जना स्थानीय तहका जनप्रतिनिधि रहेका छन्। छ महिने कार्यकाल भएको वर्तमान सरकारमा चुनावी प्रयोजनका लागि नियुक्त चार मन्त्रीले चुनाव लड्नकै लागि करिब दुई महिना अगावै राजीनामा दिएका हुन्।

राष्ट्रिय सभा र प्रदेश सभा
फागुन २० गतेदेखि कार्यकाल सकिँदै गरेका तीन जना राष्ट्रिय सभा सदस्यले राजीनामा दिएका छन्, जसमध्ये दुई जना प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
प्रदेश तहमा प्रत्यक्ष निर्वाचित १४ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन्। तीमध्ये १३ जना उम्मेदवार बनेका छन् भने एक जनाले टिकट नपाएको जनाइएको छ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा धेरै ६ जना, मधेस प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ३ र सुदूरपश्चिम प्रदेशबाट १ जनाले राजीनामा दिएका छन्।

स्थानीय तह
स्थानीय तहबाट ४ जना नगर प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, १ जना नगर उपप्रमुख, १ जना गाउँपालिका उपाध्यक्ष, ३ जना वडाध्यक्ष र १ जना वडा सदस्यले पद त्यागेका छन्। राजीनामा दिएका स्थानीय तहका सबै जनप्रतिनिधिले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएका छन्।

राजीनामा दिने जनप्रतिनिधिहरूको पूर्ण सूची
संघीय मन्त्री (४ जना)
कुलमान घिसिङ – काठमाडौं–३ (उज्यालो नेपाल पार्टी)

बब्लु गुप्ता – काठमाडौं–३ (राष्ट्रिय स्वतन्त्र पार्टी)

जगदीश खरेल – ललितपुर–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)

महावीर पुन – म्याग्दी (स्वतन्त्र)

राष्ट्रिय सभा सदस्य (३ जना)
वामदेव गौतम – उम्मेदवार नभएको

नारायणकाजी श्रेष्ठ – सर्लाही–३

भगवती न्यौपाने – तनहुँ–१

प्रदेश सभा सदस्य (१४ जना)
बागमती प्रदेश

  1. युवराज दुलाल (सिन्धुपाल्चोक–२ ख) — सिन्धुपाल्चोक–२ (नेपाली कम्युनिस्ट पार्टी)
  2. प्रकाश श्रेष्ठ (काठमाडौं–७ ख) — काठमाडौं–७ (नेकपा एमाले)
  3. अमनकुमार मास्के (काठमाडौं–६ ख) — काठमाडौं–६ (नेकपा एमाले)
  4. कुन्दनराज काफ्ले (दोलखा–१ ख) — उम्मेदवार नभएको
  5. वसन्त मानन्धर (काठमाडौं–७ क) — काठमाडौं–७ (नेपाली कम्युनिस्ट पार्टी)
  6. सुनिल केसी (काठमाडौं–२ क) — काठमाडौं–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)

लुम्बिनी प्रदेश

  1. धनबहादुर मास्के (दाङ–२ ख) — दाङ–२ (नेपाली कम्युनिस्ट पार्टी)
  2. धर्मबहादुर चौधरी (बर्दिया–२ ख) — बर्दिया–२ (उज्यालो नेपाल पार्टी)
  3. कन्हैया बानियाँ (रुपन्देही–४ क) — रुपन्देही–४ (राष्ट्रिय स्वतन्त्र पार्टी)

मधेस प्रदेश

  1. रामचन्द्र मण्डल (धनुषा–१ ख) — धनुषा–१ (नेकपा एमाले)
  2. सतीशकुमार सिंह (सप्तरी–२ क) — सप्तरी–२ (स्वाभिमान पार्टी)
  3. रहबर अन्सारी (पर्सा–१ क) — पर्सा–१ (राष्ट्रिय स्वतन्त्र पार्टी)
  4. भरतप्रसाद साह (महोत्तरी–१ ख) — महोत्तरी–१ (नेपाल कम्युनिस्ट पार्टी)

सुदूरपश्चिम प्रदेश

  1. डा. तारा जोशी (डडेल्धुरा–१ ख) — डडेल्धुरा–१ (राष्ट्रिय स्वतन्त्र पार्टी)

स्थानीय तह प्रमुख/अध्यक्ष (९ जना)
बालेन्द्र शाह – काठमाडौं महानगरपालिका प्रमुख — झापा–५ (राष्ट्रिय स्वतन्त्र पार्टी)

रेनु दाहाल – भरतपुर महानगरपालिका प्रमुख — चितवन–३ (नेपाली कम्युनिस्ट पार्टी)

हर्क साम्पाङ – धरान उपमहानगरपालिका प्रमुख — सुनसरी–१ (श्रम संस्कृति पार्टी)

अशोक व्याञ्जु – धुलिखेल उपमहानगरपालिका प्रमुख — काभ्रेपलाञ्चोक–२ (नेकपा एमाले)

रणबहादुर राई – सूर्योदय नगरपालिका प्रमुख — इलाम–१ (श्रम संस्कृति पार्टी)

रामलाल डगौरा – टीकापुर नगरपालिका प्रमुख — कैलाली–१ (नागरिक उन्मुक्ति पार्टी)

असीम राई – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष — सोलुखुम्बु–१ (नेपाली कम्युनिस्ट पार्टी)

मेजर कुमार राई – लिम्चुङबुङ गाउँपालिका अध्यक्ष — उदयपुर–२ (स्वतन्त्र)

खिमलाल थापा – कालीगण्डकी गाउँपालिका अध्यक्ष — स्याङ्जा–२ (नेकपा एमाले)

उपप्रमुख/उपाध्यक्ष (२ जना)
मारुद्दिन राई – नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख — बाँके–२ (जनता समाजवादी पार्टी)

अस्मिता थापा – लिखु गाउँपालिका उपाध्यक्ष — ओखलढुंगा–१ (नेकपा एमाले)

वडा अध्यक्ष/सदस्य (४ जना)
सुशील साह कानू – वीरगञ्ज महानगरपालिका–१० वडाध्यक्ष — पर्सा–२ (राष्ट्रिय स्वतन्त्र पार्टी)

रामकिशोर पराग सिंह – वीरगञ्ज महानगरपालिका–२० वडाध्यक्ष — पर्सा–१ (उज्यालो नेपाल पार्टी)

सूर्यबहादुर भट्टराई – धरान उपमहानगरपालिका–१७ वडाध्यक्ष — सुनसरी–१ (नेपाली कम्युनिस्ट पार्टी)

शशी दास – कलैया उपमहानगरपालिका–१ वडा सदस्य — बारा–१ (समुन्नत नेपाल पार्टी)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व