Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २७, २०८२
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा
0
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको गुरुखोलामा आज स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा गरिएको छ। स्वतन्त्र सनातनी महाअभियानका संयोजक अमरबहादुर टेरले औपचारिक रूपमा अभियानको घोषणा गर्दै युवाहरूलाई पार्टीगत राजनीति परित्याग गरी सनातन धर्मको संरक्षण र राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभएको छ।

अभियान घोषणा कार्यक्रममा बोल्दै संयोजक टेरले पार्टीका झण्डा बोकेर हिँड्दा देश संकटतर्फ धकेलिएको अवस्था आएको दाबी गर्नुभयो। उहाँले अब देशको झण्डा र सनातन धर्मको ध्वजा बोकेर राष्ट्र निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो। राजनीतिक दलहरूमा संलग्न धेरै शक्तिहरू सनातन धर्म विरोधी भएको आरोप लगाउँदै उहाँले सबै सनातनीहरूलाई पार्टीको घेराबन्दीबाट बाहिरिएर ‘घर फर्किन’ आह्वान गर्नुभयो।

संयोजक टेरले देशलाई धर्मनिरपेक्ष घोषणापछि धर्म परिवर्तनको खेल बढ्दै गएको र पश्चिमा शक्तिहरूले नेपालमा अशान्ति फैलाएर देश बर्बाद गर्ने षड्यन्त्र गरिरहेको आरोप पनि लगाउनुभयो। उहाँका अनुसार यस्ता गतिविधिबाट देश, धर्म र समाजमाथि गम्भीर खतरा उत्पन्न भएको छ।

महाअभियानअन्तर्गत ३३ बुँदे एजेन्डा सार्वजनिक गरिएको छ। ती एजेन्डामा सरकारले नागरिकलाई निःशुल्क शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत सेवा उपलब्ध गराउनुपर्ने, युवालाई उत्पादन, श्रम, सीप र प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्नुपर्ने, जनताको चाहनाअनुसार जनमुखी सरकार निर्माण हुनुपर्ने, वैदिक सनातन हिन्दु राष्ट्र पुनः स्थापना गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने तथा राष्ट्रिय सहमति र एकताका आधारमा सुधारिएको लोकतान्त्रिक व्यवस्था लागू गर्नुपर्ने माग समावेश छन्।

त्यसैगरी विज्ञान–प्रविधिमा आधारित आध्यात्मिक समाजवाद लागू गर्ने, गाउँ, गौमाता, स्वाभिमान र पहिचानको रक्षा गर्ने, नेपाली लगानीमा विकास आयोजना सञ्चालन गर्ने, विश्वस्तरीय पर्यटन प्रवर्द्धन गर्ने, बहुमूल्य जडिबुटी प्रशोधन, काठ उत्पादन, खानी उत्खनन तथा हिमालको पानी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने र सनातन संस्कार तथा शिक्षाको विकास गर्नुपर्ने एजेन्डा पनि सार्वजनिक गरिएको छ।

यो अभियानलाई स्वजागरण अभियानको रूपमा अगाडि बढाइने बताउँदै संयोजक टेरले परिवर्तन आफूबाटै सुरु गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। राजनीतिक कारणले विभाजित भएको समाजलाई एकताबद्ध गर्नु नै अभियानको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

यसै अवसरमा आज (शनिबार) परेको राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीको सन्दर्भ उल्लेख गर्दै अभियानले सरकारसँग नेपाली नोटहरूमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न विनम्र अनुरोधसमेत गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व