Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदकोट–६ र ८ का ९३ परिवार जग्गाको मालिक बने

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २४, २०८२
कञ्चनपुरको वेदकोट–६ र ८ का ९३ परिवार जग्गाको मालिक बने
0
SHARES
427
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–६ र –८ का लामो समयदेखि लालपुर्जाबिहीन रूपमा बस्दै आएका नागरिकहरू अब आफ्नै जग्गाको कानुनी मालिक बनेका छन्। बिहीबार वेदकोट नगरपालिका वडा नम्बर–८ को प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा दुवै वडाका गरी ९३ जनालाई लालपुर्जा वितरण गरिएको हो।

वेदकोट नगरपालिकाका भूमि शाखा प्रमुख केशब भट्टका अनुसार वडा नम्बर–६ का ३० परिवार र वडा नम्बर–८ का ६३ परिवारलाई लालपुर्जा वितरण गरिएको हो। लालपुर्जा पाएसँगै वर्षौंदेखि अस्थिर अवस्थामा बस्दै आएका स्थानीयले जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

लालपुर्जा वितरण कार्यक्रम भूमि आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख आतिथ्यतामा तथा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भूमि आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालले संविधानले प्रत्येक नागरिकलाई सम्पत्तिको हक र आवासको हक सुनिश्चित गरेको उल्लेख गरे। उनले कुनै पनि नागरिक भूमिहीन वा आवासविहीन हुन नपाउने व्यवस्था संविधानमै रहेको बताउँदै सो अधिकार कार्यान्वयन गर्न नेपाल सरकारले भूमि आयोगमार्फत यो प्रक्रिया अघि बढाएको बताए।

वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले लालपुर्जाबिहीन नागरिकको समस्या समाधानका लागि नगरपालिकाले आयोगसँग समन्वय गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराइरहेको बताए। उनले आयोगले जिम्मेवारीपूर्वक र द्रुत गतिमा काम गर्दै यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

लालपुर्जा प्राप्त गरेका स्थानीय प्रकाश रानाले लामो समयदेखिको सपना पूरा भएको अनुभूति भएको बताए। उनले अब आफ्नै नाममा जग्गाको कानुनी स्वामित्व पाएपछि सुरक्षित र स्थिर जीवनयापन गर्न सहज हुने बताए।

त्यस्तै वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले लालपुर्जा वितरणले सामाजिक न्याय सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले यसले स्थानीय नागरिकलाई स्थायित्व र सम्मान दिएको बताए।

वेदकोट नगरपालिकाकी नगर उप–प्रमुख तुलसी जोशीले लालपुर्जा वितरणले विशेषगरी महिला, विपन्न तथा सुकुम्बासी परिवारको जीवनस्तर सुधारमा सहयोग पुग्ने बताइन्। उनले यो अभियानलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइन्।

वेदकोट नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष महेश राज जोशीले लालपुर्जा वितरण कार्यक्रम वडाका नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले लामो समयदेखि लालपुर्जाबिहीन भएर बस्न बाध्य स्थानीय बासिन्दाको समस्या समाधान गर्न वडा कार्यालयले निरन्तर पहल गर्दै आएको बताए।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार
Uncategorized

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार

अशोज २३, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र
Uncategorized

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने
Uncategorized

बाढीपहिरो प्रभावितको पुनर्निर्माणमा अस्ट्रेलियाले निरन्तर सहयोग गर्ने

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व