Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपद् पूर्वतयारीः कञ्चनपुर र कैलालीका २० समुदायलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २४, २०८२
विपद् पूर्वतयारीः कञ्चनपुर र कैलालीका २० समुदायलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विपद्को उच्च जोखिममा रहेका समुदायहरूको खोज तथा उद्धार क्षमता सुदृढ गर्ने उद्देश्यले कैलाली र कञ्चनपुरका सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र मर्सिकोर नेपालको साझेदारी तथा द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजनाअन्तर्गत कैलालीको चुरे गाउँपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकाका २० वटा सामुदायिक विपद् व्यवस्थापन समिति साथै पुनर्वास नगरपालिकाको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई करिब १५ लाख ३४ हजार रुपैयाँ बराबरका खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको हो।

सान परियोजनाका कार्यक्रम संयोजक देव राज बडुले विपद् पूर्वतयारीमा समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यी सामग्रीले आउने मनसुनमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो। उहाँले सामग्री हस्तान्तण गरिएको समुदायहरूलाई यसको प्रयोगबारे क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोज तथा उद्धार तालिम पनि प्रदान गरिने जानकारी दिनुभयो।

चुरे गाउँपालिका वडा नम्बर ०३ का वडा अध्यक्ष खगेन्द्र खडायतले जोखिमयुक्त क्षेत्रमा सामग्री उपलब्ध हुनु स्थानीय सरकार र समुदाय दुवैका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले विगतमा विपद् आउँदा गाउँवस्तीमा ठूलो क्षति हुने गरेको अवस्थामा, अब प्रभावित क्षेत्रमा नै सामग्री हस्तान्तरण भएकाले यसले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने मात्र नभई समग्र विपद् जोखिम न्यूनिकरणमा पनि ठूलो योगदान पुर्यााउने विश्वास व्यक्त गर्नुभयो।

शान्तिनगर सामुदायिक विपद् व्यवस्थापन समितिकी अध्यक्ष निर्मला देवी रावतले परियोजनाले पहिले तालिम दिएको भए पनि खोज तथा उद्धार सामग्रीहरूको अभावका कारण जोखिम न्यूनिकरण गर्न कठिनाइ भएको बताउनुभयो। अहिले आवश्यक सामग्री प्राप्त भएपछि विपद्को समयमा छिटो र सुरक्षित रूपमा काम गर्न सहज हुने र जिउ–धनको सुरक्षा गर्न सकिने उहाँको भनाई छ।

चुरे गाउँपालिकाका केदार, शिव, जगाती, कालिका, लेकबेसी, मोहन्याल, मसुरखेत, कम्पासे, समैजी, शान्तिनगर र पिपल चौतारी सामुदायिक विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गरिएको हो। यस्तै पुनर्वास नगरपालिकाको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रसँगै कालिका, भिमसेन, रातोताल र पचकडिया सामुदायिक विपद् व्यवस्थापन समिति तथा लालझाडी गाउँपालिकाका शिद्धबाबा, महादेव, हरियाली, कञ्ज र शिवशंकर सामुदायिक विपद् व्यवस्थापन समितिलाई पनि सामग्री प्रदान गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीहरूमा काराबिना, क्राउबार, प्राथमिक उपचार बाकस, ग्यालोन, पञ्जा, क्लाउ ह्यामर, ह्यान्ड माइक, ह्यान्ड श, हेल्मेट, लाइफ ज्याकेट, नायलन डोरी, गैँती, रेनकोट, रबर बुट, साइरन, स्ट्रेचर, त्रिपाल, टर्च, छाता, सिटी, टिनको बाकस, ह्यान्ड पम्प, रबर ट्युब र फायर सुट रहेका छन्।

यस सहयोगले समुदायमा विपद्को समयमा छिटो, सुरक्षित र प्रभावकारी खोज तथा उद्धार कार्य गर्न सक्ने क्षमता बढाउने विश्वास गरिएको छ। यसले स्थानीय तह र समुदायबीच सहकार्य बलियो बनाउँदै, जोखिमपूर्ण अवस्थामा सामुदायिक तयारी र आत्मनिर्भरतालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व