कञ्चनपुर । युनिसेफ नेपालको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले जाडोयाममा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै कञ्चनपुर र कैलाली जिल्लाका विभिन्न स्थानमा ७०३ थान कम्बल वितरण गरेको छ।

एनएनएसडब्ल्यूएका अनुसार कञ्चनपुर जिल्लाका ४ वटा नगरपालिकाका ७ स्थानमा कुल २८० थान कम्बल वितरण गरिएको छ। शुक्लाफाँटा नगरपालिकाको पिप्लाडी स्वास्थ्य चौकीमा ४५ थान र वडा नं. १० खल्लाबस्तीमा २५ थान, वेदकोट नगरपालिकाको दैजी स्वास्थ्य चौकीमा ४५ थान, कृष्णपुर नगरपालिकाको कृष्णपुर स्वास्थ्य चौकीमा ४५ थान, दोधारा–चाँदनी नगरपालिकाको बर्थिङ सेन्टरमा ४५ थान, पटराखल्लामा ३२ थान तथा कुटियाकभर क्षेत्रमा ४३ थान कम्बल वितरण गरिएको हो।
त्यसैगरी कैलाली जिल्लाका ५ वटा पालिका र १ उपमहानगरपालिकाका ८ स्थानमा कुल ४२३ थान कम्बल वितरण गरिएको छ। कैलारी गाउँपालिकाको हसुलिया स्वास्थ्य चौकीमा ४५ थान, भजनी नगरपालिकाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा ४५ थान, लम्कीचुहा नगरपालिकाको प्रतापपुर स्वास्थ्य चौकीमा ४५ थान र लम्की मानवसेवामा ३३ थान कम्बल उपलब्ध गराइएको छ। साथै बर्दगोरिया नगरपालिकाको सहारा घरमा १०० थान, गोदावरी नगरपालिकाको समावेशी आधारभूत विद्यालयमा ३० थान, धनगढी उपमहानगरपालिकाको आमा को माया छात्रावासमा ३५ थान, मानव सेवा आश्रममा ४५ थान र दृष्टि फाउन्डेसनमा ४५ थान कम्बल वितरण गरिएको छ।

जाडोयाममा चिसोको जोखिममा रहेका नवजात शिशु, सुत्केरी महिला, वृद्धवृद्धा, असहाय तथा सेवा केन्द्रमा आश्रित व्यक्तिहरूलाई लक्षित गरी कम्बल वितरण गरिएको एनएनएसडब्ल्यूएले जनाएको छ। संस्थाले यस्ता मानवीय सहयोग कार्यक्रमले जोखिममा परेका समुदायको स्वास्थ्य सुरक्षा र जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कञ्चनपुर र कैलाली जिल्लाका ११ वटा पालिका तथा उपमहानगरपालिकाका १५ स्थानमा गरिएको उक्त वितरण कार्यक्रमले जाडोयाममा प्रभावित समुदायलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।











Discussion about this post