कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औँ कार्यकारिणी समितिको निर्वाचनका लागि चर्चित युवा व्यवसायी हेमराज भट्टले सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ।
जिल्लाको व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय र स्थापित नामका रूपमा परिचित भट्टले व्यवसायीहरूको हक-हितका लागि यसपटक चुनावी मैदानमा उत्रिने निर्णय गर्नुभएको हो।भट्ट ‘न्यू श्री सहस्त्रलिङ्ग खाद्य स्टोर तथा सप्लायर्स’ का सञ्चालक हुनुहुन्छ।
लामो समयदेखि व्यापारको क्षेत्रमा आबद्ध रहेकाले उहाँ यस क्षेत्रका समस्या र चुनौतीहरूबारे निकै जानकार मानिनुहुन्छ। व्यावसायिक क्रियाकलापसँगै उहाँ विभिन्न सामाजिक संघ-संस्थाहरूमा आबद्ध भई समाज सेवामा समेत उत्तिकै अग्रसर रहँदै आउनुभएको छ।
आफ्नो उम्मेदवारीबारे बोल्दै भट्टले भन्नुभयो, “व्यवसायी साथीहरूले भोग्दै आएका समस्या समाधान गर्न र उद्योग वाणिज्य संघलाई अझै गतिशील एवं व्यवसायीमैत्री बनाउन मैले सदस्य पदमा उम्मेदवारी दिएको हुँ। व्यवसायसँगै सामाजिक सेवाको भावना बोकेर म अघि बढेको छु।”
जिल्लाका आम व्यवसायीहरूमाझ राम्रो प्रभाव रहेका भट्टको उम्मेदवारीलाई यसपटकको निर्वाचनमा निकै चासोका साथ हेरिएको छ। उहाँले व्यवसायिक एकता र उद्योगीहरूको साझा समस्यालाई मुख्य एजेण्डा बनाएर चुनावी प्रचारप्रसारलाई अगाडि बढाउनुभएको छ।










Discussion about this post