काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस बझाङले युवा नेता दिपेन्द्र जोशीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।
सुदूरपश्चिमका अधिकांश क्षेत्रमा पुराना अनुहार दोहोरिँदा बझाङमा भने जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने नयाँ नेतृत्व अगाडि आएको हो। सिफारिससँगै काँग्रेस बझाङका नेता–कार्यकर्तामा उत्साह बढेको छ।
त्रिभुवन विश्वविद्यालयमा वातावरण विज्ञान विषयमा विद्यावारिधि अध्ययनरत जोशी नेविसंघका पूर्व सचिव हुन्। अध्ययन, संगठन र राजनीतिक अभ्यासलाई सँगसँगै अघि बढाएका उनी कांग्रेसभित्र प्रभावशाली युवा नेताका रूपमा चिनिन्छन्।










Discussion about this post