Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युवा व्यवसायी पालले आज कोषाध्यक्षमा उम्मेदवारी दिँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १२, २०८२
कञ्चनपुर उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा युवा व्यवसायी प्रदीप पालको उम्मेदवारी
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत कोषाध्यक्ष पदका लागि युवा व्यवसायी प्रदीप पालले आज आफ्नो उम्मेदवारी दर्ता गराउने भएका छन्। संघमा यसअघि सदस्यको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसक्नुभएका पालले यसपटक पदाधिकारीमा रहेर व्यवसायीहरूको हक-हितमा काम गर्ने संकल्पसहित उम्मेदवारी दिन लाग्नुभएको हो।

२०७९ सालमा सम्पन्न १७ औँ कार्यकारिणी समितिको निर्वाचनमा निर्विरोध सदस्य निर्वाचित हुनुभएका पाल एक अनुभवी र जुझारु व्यवसायीका रूपमा चिनिनुहुन्छ। २०७० सालदेखि ‘प्रदीप ट्रेडर्स एण्ड सप्लायर्स’ मार्फत निजी व्यवसायमा सक्रिय उहाँले परम्परागत व्यवसायलाई आधुनिक ढंगले अगाडि बढाउँदै आउनुभएको छ। उहाँले केही वर्षअघि डोटीको विपीनगर क्षेत्रमा उत्पादित अदुवालाई भारतीय बजारसम्म पुर्‍याएर स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा समेत उल्लेख्य योगदान पुर्‍याउनुभएको थियो।

आज उम्मेदवारी दर्ता गर्ने तयारीमा रहनुभएका पालले आफ्नो मुख्य प्राथमिकता संघको कोषलाई सुदृढ र पारदर्शी बनाउनु रहेको बताउनुभएको छ। उहाँले व्यवसायीहरूको हक–हित संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै कोषलाई बलियो बनाएर संकटमा परेका व्यवसायीहरूका लागि सामाजिक सुरक्षा तथा राहतका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सार्नुभएको छ।

संघभित्र साना व्यवसायीहरूको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने र जिल्लाको उद्योग तथा व्यवसाय क्षेत्रको दीर्घकालीन विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने अठोट पालले व्यक्त गर्नुभएको छ। उहाँको उम्मेदवारीलाई व्यवसायीहरू माझ उत्साहका साथ हेरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३
सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

भदौ ७, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

भदौ ७, २०८३
विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

भदौ ७, २०८३
पर्वतारोहणमा दक्ष जनशक्ति पलायन रोक्न सबै एकजुट हुनुपर्छ : सांसद शेर्पा

पर्वतारोहणमा दक्ष जनशक्ति पलायन रोक्न सबै एकजुट हुनुपर्छ : सांसद शेर्पा

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व