कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत कोषाध्यक्ष पदका लागि युवा व्यवसायी प्रदीप पाल उम्मेदवार बनेका छन्। यसअघि संघमा सदस्यको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका पाल कोषाध्यक्ष पदाधिकारीको दौडमा रहेका हुन्।
२०७९ सालमा सम्पन्न १७ औँ कार्यकारिणी समिति चयनका लागि भएको निर्वाचनमा पाल निर्विरोध सदस्यमा निर्वाचित भएका थिए। परम्परागत व्यवसायलाई निरन्तरता दिँदै आएका पालले २०७० सालदेखि आफ्नै निजी एकल व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनी प्रदीप ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक समेत हुन्।
केही वर्षअघि पालले डोटीको विपीनगर क्षेत्रमा उत्पादन भएको अदुवा भारतीय बजारसम्म पु¥याएर स्थानीय उत्पादनको बजारीकरणमा योगदान पुर्याएका थिए।
उम्मेदवार पालले सम्पूर्ण व्यवसायीको हक–हितको संरक्षण गर्दै संघको कोषलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कोष बलियो बनाएर संकटमा परेका व्यवसायीका लागि सामाजिक सुरक्षा तथा राहतका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।
संघभित्र साना व्यवसायीको प्रभावकारी प्रतिनिधित्व गर्दै जिल्लाको उद्योग तथा व्यवसाय क्षेत्रको दीर्घकालीन विकासका लागि काम गर्ने प्रतिबद्धता पनि उनले अघि सारेका छन्।









Discussion about this post