कञ्चनपुर । नेपाली साहित्यकार एवम् प्रगतिशील लेखक संघ (प्रलेस) कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीलाई भारतमा सम्मान गरिएको छ। सुदूरपश्चिम क्षेत्रको साहित्यिक गतिविधिमा सक्रिय नेगीलाई भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुर शहरमा आयोजित साहित्यिक कार्यक्रममा सम्मानित गरिएको हो।
भाषा, साहित्य, कला तथा संस्कृति संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप नेगीलाई सम्मान गरिएको आयोजकले जनाएको छ। बुलंदी साहित्यिक संस्थाद्वारा आयोजित उक्त कार्यक्रममा भारतका विभिन्न स्थान, नेपाल, मौरिसस तथा श्रीलंका लगायतका देशमा अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना गरिसकेको संस्थाको तर्फबाट सम्मान प्रदान गरिएको हो।

नेगी विगत लामो समयदेखि सुदूरपश्चिम क्षेत्रको भाषा, कला, संस्कृति र लोकसाहित्यको संरक्षण, संवर्धन तथा प्रचारप्रसारमा निरन्तर सक्रिय रहँदै आएका छन्।
उक्त महोत्सवमा चर्चित युवा साहित्यकार हेमबाबु लेखक, साहित्यकार रमेश पन्त ‘मीतबन्धु’ तथा साहित्यकार खिमानन्द बडू लगायत चार जना स्रष्टालाई सम्मान गरिएको थियो।










Discussion about this post