Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३१औं साधारण सभा तथा दैजी इकाई भेला सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २५, २०८२
किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३१औं साधारण सभा तथा दैजी इकाई भेला सम्पन्न
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको दैजीमा शाखा कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३१औं साधारण सभा तथा दैजी इकाई भेला बुधबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिका–१० का वडा अध्यक्ष रतन सिंह विष्ट प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमको सञ्चालन दैजी शाखा प्रमुख अनिल चौधरीले गरेका थिए।

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिका–१० का वडा अध्यक्ष रतन सिंह विष्टले सहकारी संस्था गाउँको आर्थिक विकास र सामुदायिक सशक्तीकरणको महत्वपूर्ण आधार भएको बताउँदै यसले स्थानीय स्तरमा वित्तीय पहुँच विस्तारमा ठूलो योगदान पुर्‍याइरहेको उल्लेख गरे। उनले सहकारीले सुरु गरेको सामाजिक र शैक्षिक अभियानले समुदायमा सकारात्मक प्रभाव पारेको पनि बताए।

सभा अध्यक्ष समेत रहेका संस्था अध्यक्ष सुरेन्द्र कुमार शाहले सहकारीको ३१ वर्षको यात्रामा सर्वसाधारणको विश्वास, सदस्यहरुको सक्रियता र व्यवस्थापनको प्रतिबद्धताले सहकारी निरन्तर अघि बढिरहेको बताए। उनले आगामी वर्षमा थप प्रभावकारी सेवा विस्तार गर्ने योजनाबारे पनि जानकारी गराए।

त्यस्तै दैजी शाखा प्रमुख अनिल चौधरीले सहकारीले सञ्चालन गर्दै आएको सेवा, कार्यक्रम र उपलब्धिबारे विस्तृत जानकारी प्रदान गर्दै सदस्यहरुको निरन्तर साथ र सहयोगले नै सहकारी सफल भएको बताए।

सभामा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल शेयर सदस्यका छोराछोरीलाई ‘किसान कोप शिक्षा पदक’ प्रदान गरिएको थियो। त्यस्तै उत्कृष्ट शेयर सदस्य र उत्कृष्ट केन्द्रलाई समेत सम्मान गरिएको सहकारीले जनाएको छ।

कार्यक्रममा ठूलो संख्यामा शेयर सदस्य, स्थानीय प्रतिनिधि, सामाजिक अगुवाहरू र आम समुदायको उपस्थिति रहेको सहकारीले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व