Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १९, २०८२
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न
0
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

कैलालीः धनगढीमा प्रदेश स्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रम २०८२ सम्पन्न भएको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाको आयोजना तथा मर्सिकोर नेपाल, युनिसेफ नेपाल, यूएनडीपी, युरोपियन युनियन, युएन वुमन, हेन्डिक्याप इन्टरनेशनल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

२०८२ सालको मनसुनपछिको समिक्षा तथा आगामी हिउँदे प्रकोपलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की उपस्थित रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय कुमार साहले गर्नुभएको थियो।

अन्तर्क्रियामा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्थानीय तह, जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) लगायतका विभिन्न साँझेदार संघ–संस्थाहरूको सहभागिता रहेको थियो।कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय कुमार साहले २०८२ सालमा देखिएको मौसमको अवस्थाबारे विस्तृत प्रस्तुति दिँदै प्रदेशमा मनसुनजन्य जोखिमको समीक्षा गर्ने तथा हिउँदे प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउने उद्देश्यले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

प्रदेश विपद् व्यवस्थापन समितिका पाँच वटा क्लस्टरहरूले आ–आफ्ना कार्य तथा अनुभव प्रस्तुत गरेका थिए।

त्यस्तै, स्थानीय तहको तर्फबाट लालझाडी गाउँपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी आफ्ना अनुभव, चुनौती र सिकाइहरू साझा गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले प्रदेशका सबै निकायहरू पूर्वतयारी अवस्थामा रहेको उल्लेख गर्नुभयो। प्रभावकारी पूर्वतयारीका कारण गत मनसुनमा मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्न सकिएको उहाँको भनाइ थियो। उहाँले विपद् जोखिम न्यूनीकरणका लागि सबै निकाय एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, यूएनडीपीका प्रदेश प्रमुख बैजन्ती गिरीले सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरणका लागि यूएनडीपी सदैव प्रतिबद्ध रहेको बताउनुभयो।कार्यक्रममा मौसमविद् अखिलेश चौरसियाले आगामी मौसम पूर्वानुमानसम्बन्धी जानकारी दिनुभएको थियो भने हिउँदे प्रकोपको पूर्वतयारीका विषयमा मौसम विज्ञद्वारा विशेष प्रस्तुति समेत दिइएको थियो।यस अन्तर्क्रिया कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा मनसुनपछिको अनुभवबाट पाठ सिक्दै हिउँदे प्रकोपको जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर
देश/राष्ट्रिय

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

असार २८, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
देश/राष्ट्रिय

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व