Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदकोटमा नागरिक वैज्ञानिक सम्मेलन सम्पन्न: वर्षा मापनमा नागरिकको सक्रिय भूमिकाको प्रशंसा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ७, २०८२
कञ्चनपुरको वेदकोटमा नागरिक वैज्ञानिक सम्मेलन सम्पन्न: वर्षा मापनमा नागरिकको सक्रिय भूमिकाको प्रशंसा
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकामा नागरिक वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ। नगरपालिकामा सञ्चालित स्मार्ट परियोजना अन्तर्गत तालिम प्राप्त गरेका नागरिक वैज्ञानिकहरूले मनसुन अवधिभर संकलन गरेको वर्षाको तथ्यांकको समीक्षा र उनीहरूको योगदानको कदर गर्दै यो सम्मेलन आयोजना गरिएको हो।

स्मार्ट परियोजनाले साउन महिनामा वेदकोट नगरपालिकाका २३ जना नागरिक वैज्ञानिकलाई विशेष तालिम प्रदान गरेको थियो। तालिममा उनीहरूलाई वर्षा गेजको प्रयोग, मापन प्रविधि, तथ्यांक संकलन र प्रतिवेदन प्रणाली बारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रममा नागरिक वैज्ञानिकहरूले मनसुन अवधिभर वर्षाको नियमित निगरानी गरी पठाएको तथ्यांकको समीक्षा गरिएको थियो। आईएचआरआरका कार्यक्रम अधिकृत तथा मौसमविद् आकाश खनालले नागरिक वैज्ञानिकहरूले उपलब्ध गराएको तथ्यांकको गुणस्तर र यसको महत्वमाथि प्रकाश पार्नुभएको थियो।

स्मार्ट परियोजना वेदकोट नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसिए र आइएचआरआर को साझेदारीमा सञ्चालित छ।

डीसीएका निर्देशक दिनेश गरुङले नागरिकको संलग्नतामा आधारित यस्ता परियोजनाले स्थानीय स्तरमा जलवायू परिवर्तनको असर र जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नागरिक वैज्ञानिकहरूले संकलन गरेको तथ्यांक नीति निर्माण र पूर्व तयारीका लागि अमूल्य रहेको उल्लेख गर्नुभयो।

आईएचआरआरका निर्देशक सुरज गौतमले स्थानीय स्तरबाट प्राप्त वर्षाको तथ्यांकले मौसम विज्ञानको क्षेत्रमा रहेको ‘डाटा ग्याप’ लाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नागरिक वैज्ञानिकहरूको प्रयासलाई संस्थाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले नागरिक वैज्ञानिकहरूको सक्रियताको उच्च प्रशंसा गर्नुभयो। उहाँले नागरिकहरूलाई नै वैज्ञानिक बनाउने यो अवधारणा उदाहरणीय रहेको बताउँदै, यसबाट प्राप्त तथ्यांकलाई नगरको विपद् व्यवस्थापन योजनामा समावेश गरिने जानकारी दिनुभयो।

कार्यक्रमको अन्त्यमा, सक्रिय र समर्पित नागरिक वैज्ञानिकहरूलाई उनीहरूको अमूल्य योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै, कार्यक्रममा स्मार्ट परियोजनाका फिल्ड अफिसर बबिता बोहराले तालिम लिएका नागरिक वैज्ञानिकहरूको उत्साह र उनीहरूले जिम्मेवारीपूर्वक वर्षा मापनको काम गरेकोमा धन्यवाद व्यक्त गर्दै परियोजनाको उद्देश्य र हालसम्मको उपलब्धिबारे प्रस्तुति दिनुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व