कञ्चनपुर — चिकित्सा शिक्षा आयोगले गत २०८२ साल कार्तिक १५ गते सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2026) एमबिबिएस एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्ष कञ्चनपुरको रेडियन्ट माद्यमिक विद्यालयका विद्यार्थीहरूले देशभरमै उत्कृष्ट प्रदर्शन गर्दै ठुलो उपलब्धि हासिल गरेका छन्।
यस परीक्षामा राकेश महराले १२ औँ, लोकेश भट्टले ५५ औँ, मुकेश भट्टले ८९ औँ, ओम प्रकाश जोशीले १०८ औँ, कविराज जोशीले १३९ औँ र यशराज भट्टले १४४ औँ ऱ्याङ्क प्राप्त गरेका छन्। यी विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिसहित एमबिबिएस अध्ययनको अवसर पाएका छन्।
रेडियन्टका प्रधानाध्यापक त्रिभुवन भट्टले विद्यार्थीहरूको सफलता ठूलो उपलब्धि भएको बताए। उनले भने, “हामीले हाम्रो विद्यार्थीहरूको लगन र मेहनतको प्रतिफल देख्दा अत्यन्त गर्व महसुस गरेका छौं। यसले हाम्रो विद्यालयको शैक्षिक स्तर अझ माथि उठाउने विश्वास दिलाएको छ।”
त्यसैगरी रेडियन्टका अन्य विद्यार्थीहरूले पनि राम्रो प्रदर्शन गरेका छन्। हितेश भट्टले ५७३ ऱ्याङ्क, लोकराज कलौनीले ८४९ ऱ्याङ्क, पदम जोशीले ५८३ ऱ्याङ्क, सन्देश जोशीले ४९३ ऱ्याङ्क, श्याम प्रकाश शाहुले ४९१ ऱ्याङ्क, हिमासु जोशीले ४४२ ऱ्याङ्क, प्रतीक जोशीले ६३४ ऱ्याङ्क र मोहित चन्द्र भट्टले ९९३ ऱ्याङ्क प्राप्त गरेका छन्।
रेडियन्ट माविले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता कायम गर्दै आइरहेको छ। यस वर्षको प्रवेश परीक्षाको परिणामले विद्यालयको प्रतिष्ठामा थप उज्ज्वलता थपेको विद्यालयले जनाएको छ।










Discussion about this post