Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा बालमैत्री पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १९, २०८२
कञ्चनपुरमा बालमैत्री पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरमा बालमैत्री पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ् । बालिकाहरुको उत्थानशीलता अभिवृद्धि तथा उनीहरुलाई जलवायु जोखिमबाट जोगाउने उद्देश्यका साथ नेपाल राष्ट्रिय समाज कल्याण संघ –एनएनएसडब्लुए र युनिसेफ नेपालको आयोजनामा दोधारा चाँदनी नगरपालिका लक्षित बालमैत्री पूर्वसूचना प्रणाली क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । युनिसेफ नेपालका पूर्वसूचना प्रणाली विशेषज्ञ मधुसुदन गौतमले कार्यक्रम दोधारा चाँदनी नगरपालिका र सम्बन्धित सबै सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले यस किसिमका कार्यक्रमहरुले स्थानीय निकायलाई बालमैत्री दृष्टिकोणबाट पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग गर्ने र समुदायस्तरमा जलवायु जोखिम व्यवस्थापनमा बालबालिकाको सहभागिता बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले संस्थाले विगत लामो समय देखि पूर्वसूचना प्रणालीमा सक्रिय रुपमा काम गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकाहरुलाई पूर्वसूचना प्रणालीमा जोडेर जोखिम न्यूनिकरणमा ध्यान केन्द्रित गर्नुपर्ने जोड दिदै, यस्ता पहलहरुले समुदाय स्तरमा जोखिम व्यवस्थापन सुदृढ गर्ने र बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण भूमिका तर्क गर्नुभयो । कार्यक्रममा पूर्वसूचना प्रणालीका चार वटा स्तम्भहरुमा आधारित दोधारा चाँदनी नगरपालिकाको वर्तमान अवस्थाको विश्लेषण गरिएको थियो । साथै, बालबालिका जलवायु जोखिम सूचकांकको आधारमा वडागत स्तरमा जोखिमको अवस्था मूल्यांकन गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थानीय तहमा बालमैत्री पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत खेम राज खत्रीले बालमैत्री पूर्वसूचना प्रणाली अन्तर्गत जोखिम परेका बेला बालबालिकाहरुलाई केन्द्रमा राखेर जोखिम न्यूनिकरण गर्ने यो कार्य पालिकामा प्रभावकारी हुने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका शाखा अधिकृत शिला तिमिल्सिनाले पूर्वसूचना प्रणालीमा बालबालिकालाई संलग्न गरेर विपद् जोखिम न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस कार्यका लागि प्राधिकरण सधैं तत्पर रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमले स्थानीय पाठ्यक्रममा समेटिएका पूर्वसूचना सम्बन्धी विषयवस्तुहरु बारे छलफल र अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरेको थियो । सहभागीहरुले जल तथा मौसम विज्ञान विभाग र अन्य निकायहरुबाट प्रसारित हुने पूर्वसूचना कसरी बालमैत्री बनाउने भन्ने विषयमा समूह अभ्यास र छलफल पनि गरेका थिए ।

कार्यक्रमले बालबालिकालाई जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा सचेत गराउने र नगरस्तरमा बालमैत्री पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)
मुख्य समाचार

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

असार २०, २०८३
मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?
मुख्य समाचार

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

असार १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
फ्ल्यास हेडिङ

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

असार १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व