काठमाडौं — आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका खेल काठमाडौंमा हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका सार्वजनिक गरिने भएको छ।
नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा खेल हुने तय भए पनि अब नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वयमा नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ।

विश्वकप छनोट प्लेअफका खेल आउँदो मंसिर १८ देखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछन्। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।










Discussion about this post